१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सगरमाथाको उचाई मापन गरिँदै, नापी विभागको टोली आधार शिविर प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथाको उचाई नाप्न जाने नापी विभागको टोली। तस्बिरः नागरिक

काठमाडौं- नेपालले पहिलो पटक आफ्नै साधान स्रोतमा सगरमाथाको उचाई मापन गर्न लागेको छ। उचाई मापन गर्न भूमि व्यवस्था, सकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गत नापी विभागको टोली बुधबार सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेको छ।

सगरमाथाको उचाई मापन गर्न जाने प्रमुख नापी अधिकृत खिमलाल गौतम नेतृत्वको टोलीलाई बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विदाई गर्दै सफलताको शुभकामना दिए। ओलीले यथार्थ उचाई मापन गरेर आउन आग्रह गरे। उचाई नाप्ने काम जोखिमपूर्ण भएको भन्दै आफ्नो स्वास्थ्य र मौसममा ख्याल गर्न प्रधानमन्त्री ओलीको सुझाव दिए।

कार्यक्रममा भूमि व्यवस्था, सकारी तथा गरिवी निवारण मन्त्री पद्याकुमारी अर्यालले सगरमाथाको उचाई नाप्न पहिलो पटक नेपाली सर्भेयरको टोली सगरमाथा पठाएको बताइन्। ‘विगतमा विदेशीले सगरमाथाको उचाई नापेका थिए,’ अर्यालले भनिन्, ‘पहिलो पटक आफ्नै स्रोतमा नाप्न लागेका हौं।’ ऐतिहासिक काम गर्न लागेको मन्त्री अर्यालले बताइन्।

उचाई मापन टोलीमा गौतम नेतृत्वमा नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरज सिंह भण्डारी, अमिन युवारज धिताल रहेका छन्। उक्त टोलीलाई सगरमाथा आरोहणमा गाइड गर्दै आएका पथपर्दशकले सघाउने छन्। आधुनिक विधिको प्रयोग गरेर सगरमाथाको उचाई नाप्न लागिएको मन्त्रालयका सचिव गोपिनाथ मैनालीले बताए।

 

 

प्रकाशित: २७ चैत्र २०७५ ०५:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App