१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लिबियामा कार्यरत नेपाली सुरक्षाकर्मी सुरक्षित छन् : सेना

काठमाडौं– संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनार्थ लिबियामा खटेका २३१ जना सुरक्षाकर्मी सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ। अफ्रिकी मुलुक लिबियको त्रिपोलीमा केही दिनदेखि विद्रही समूह ‘द लिवियन आर्मी’ले अक्रमण अघि बढाएसँगै त्यहाँ सुरक्षा चुनौती थपिएको छ। 

तर त्यहाँ कार्यरत शान्ति सैनिकहरु सुरक्षित रहेको सेनाले विज्ञप्तिमार्फत जनाएको हो। विद्रोही समूहले लिबियमा आक्रमण तीव्र पार्दै सदरमुकाम त्रिपोली कब्जा गर्ने उद्देश्यले अघि बढेको बताइएको छ। विद्रोही समूहले त्रिपोलीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थललाई ‘नो फ्लाई जोन’ घोषणा गरेका छन्। यद्यपी त्रिपालीबाट ट्युनिसिया जाने सडक मार्ग भने सुचारु रहेको छ। 

यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटोरेजले विद्रोही नेता खलिफा हफ्तारबीच लिबियाको बेङ्घाजीमा वार्ता भएको थियो। वार्ता निष्कर्ष पुग्न नसकेपछि विद्रोही समूहले सैन कारवाहीलाई तीव्रता दिएको थियो।

प्रकाशित: २५ चैत्र २०७५ ११:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App