१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

४० हजार घुससहित मालपोतका नायव सुब्बा पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार घुससहित सप्तरीस्थित भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका नायब सुब्बा बासुदेब मण्डललाई पक्राउ गरेको छ। 

मोही जग्गाको बाँडफाँड गरी लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम मागेको उजुरीको आधारमा अख्तियार इटहरी कार्यालयको टोलीले नायब सुब्बा मण्डललाई सेवाग्राहीसँग ४० हजार रकमसहित मालपोत कार्यालयबाट नियन्त्रणमा लिएको हो। 

मण्डलमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रकाशित: २५ चैत्र २०७५ १०:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App