१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

ट्वान्टी–२० मा सन्दीपको ५० विकेट

तस्बिर: एजेन्सी

काठमाडौं– नेपाली युवा स्पिनर सन्दीप लामिछाने ट्वान्टी–२० क्रिकेटमा ५० विकेटको कोसेढुङ्गा पूरा गरेका छन्।

इन्डियन प्रियिमर लिग (आइपिएल) अन्तर्गत आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरका मोइन अलीलाई ऋषभ पन्तबाट स्टम्पिङ गराउँदै दिल्ली क्यापिटल्सका सन्दीपले यस्तो उपलब्धि हात पारेका हुन्। सन्दीपले विभिन्न ६ फ्रेन्चाइज ट्वान्टी–२० लिग खेल्दै कुल ४० खेलमा ५० विकेट पूरा गरेका हुन्।

सन्दीपले १५औं ओभरको तेस्रो बलमा ३२ रन जोडेका अलीलाई पवेलियनको बाटो देखाएका थिए। सन्दीपले ४ ओभरमा ४६ रन खर्चंदै १ विकेट लिएका थिए। उनले जारी सिजन आइपिएलमा दिल्लीबाट पहिलो खेलमा अवसर नपाए पनि दोस्रो खेलबाट भने निरन्तर टोलीमा स्थान बनाउँदै आएका छन्। हालसम्म उनले पाँच विकेट लिइसकेका छन्।

गत संस्करणको आइपिएलमा दिल्लीबाट डेब्यु गर्दै मात्र ३ खेल खेले पनि आफ्नो दरिलो उपस्थिति देखाएपछि उनी यस सिजनका लागि पनि टोलीमा समावेश भएका थिए। गत सिजन र जारी सिजन आइपिएल गरी सन्दीपले कुल १० विकेट, अस्ट्रेलियाको बिग ब्यास लिग र पाकिस्तानी सुपर लिग (पिसिएल) मा समान ११, क्यारेबियन सुपर लिग (सिपिएल)मा  ७, बंगलादेशी प्रिमियर लिग (बिपिएल) मा ४ र अफगानिस्तान प्रिमियर लिग २ विकेट लिएका छन्।

 

प्रकाशित: २५ चैत्र २०७५ ०६:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App