१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

हुरी प्रभावितलाई प्रदेश ५ का सांसदले एक दिनको पारिश्रमिक दिने

बुटवल– प्रदेश नम्बर ५ का सांसदले बारा पर्साका हुरी पीडितका लागि एक दिनको तलब बराबरको आर्थिक सहयोग गर्ने भएका छन्। आइतबारको प्रदेशसभाको बैठकले प्रदेशसभा सदस्यको एक दिन बराबरको पारिश्रमिक हावाहुरी प्रभावितलाई प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।

गत शुक्रबार बसेको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिले सांसदको एक दिन बराबरको तलब प्रदेश २ का हुरी पीडितका लागि राहत स्वरुप प्रदान गर्ने प्रस्ताव प्रदेशसभामा पेश गर्ने निर्णय गरेको थियो। सो प्रस्ताव आइतबारको संसद बैठकले पारित गरेको हो।

प्रदेश ५ का सांसदको मासिक पारिश्रमिक ४५ हजार रुपैयाँ छ। जसअनुसार एक जना सांसदको सहयोग १५ सय रुपैयाँ हुने छ। ८७ जना प्रदेशसभा सदस्य रहेकोमा एक जनाको यसअघि नै सडक दुर्घटनामा परी निधन भएको छ। प्रदेश २ का हुरी पीडितका लागि प्रदेश ५ का ८६ जना सांसदबाट एक दिनको तलब बराबरको १ लाख २९ हजार रुपैँया सहयोग प्रदान गरिने छ। यसअघि प्रदेश ५ सरकारले बारा र पर्साका हुरी प्रभावितलाई एक करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो।

प्रकाशित: २४ चैत्र २०७५ १६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App