१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पैसाको अभाव, घट्यो बैंकको कर्जा

फाइल तस्बिर

काठमाडौं– पैसा अभाव भएपछि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नै खुम्चाउन थालेका छन्। केही महिनाअघिसम्म कर्जा प्रवाहमा आक्रामक देखिएका बैंक तथा वित्तीय संस्थाले कर्जा घटाउन सुरु गरेका हुन्। दोस्रो चौमास सुरु भएपछि लगानी योग्य पुँजी सहजता हुने आशमा बसेका बैंक तथा वित्तीय संस्थामा सुधार आउन नसकेपछि कर्जा प्रवाह नै घटाएका हुन्। ठूला परियोजनामा लगानी गर्न अझै वित्तीय संस्थालाई सहजता छैन। ठूला परियोजना लगानीको अभावमा पछाडि धकेलिँदै गएपछि सानातिना लगानी गरेर बस्न बैंकहरू बाध्य भएका छन्। 

देशमा संचालित बैंक तथा वित्तीय संस्थाले फागुन महिनामा दैनिक ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। वित्तीय संस्थाले माघ महिनासम्म करिब २७ खर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। फागुनमा सो कर्जा प्रवाह १५ अर्ब नौ करोडले बढेर २७ खर्ब ७९ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। 

कर्जाको माग भए पनि निक्षेप संकलन हुन नसक्दा ठूला परियोजनामा लगानी गर्न सक्ने अवस्था अहिलेसम्म वित्तीय क्षेत्र नपुगेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए। ‘हामी अझै सहज हुन सकेका छैनौं’, उनले भने ‘यद्यपी प्रतिबद्धता गरिएको कर्जा रोकिएको पनि छैन।’ वैशाख लागेपछि यसमा सुधार हुने विश्वासमा बसेको उनले बताए। 

त्यसो त पछिल्लो चौमास भनेको सरकारी खर्च बढी हुने महिना हो। अझ बैशाख लागेपछि खर्चको अनुपात बढ्छ। यसले निक्षेपमा सहजता आउने बैकर्सले बताए। 

अघिल्लो केही महिनामा बैंक तथा वित्तीय संस्थाहरूले दैनिक साढे दुई अर्बभन्दा बढी कर्जा प्रवाह गरेका थिए। लगानी योग्य पुँजीका चर्कोे अभाव खेपेका बैंक तथा वित्तीय संस्थाले पछिल्लो समय संयम भएर लागनी प्रवाह गरेका हुन्। 

पुस महिनामा वित्तीय संस्थाले २७ अर्ब ६१ करोड निक्षेप संकलन गरेर २२ अर्ब कर्जा प्रवाह गरेका थिए। मंसिमा बैंक तथा वित्तीय संस्थाले साढे दुई अर्ब अर्थात ७६ अर्ब कर्जा प्रवाह गरेका छन्। मंसिरमा ५३ अर्बमात्रै निक्षेप संकलन गरेका थिए। चालु आव लागेदेखि नै कर्जाको अत्याधिक माग भएपछि योजनाबद्ध हिसाबले लगानी नगर्दा अर्थात आक्रामक लगानी गर्दा लगानीयोग्य पुँजी अभाव भएको हो। 

वित्तीय संस्थाले फागुन महिनासम्म कुल ३१ खर्ब ११ अर्ब निक्षेप संकलन गरेका छन्। सो निक्षेप गएको महिना माघकोभन्दा २७ अर्बले बढी हो बैंक तथा वित्तीय संस्थाले सो निक्षेपमध्ये चालु खाताको निक्षेपबाट दुई खर्ब ५२ अर्ब ८९ करोड संकलन गरेका छन् भने बचत खाताबाट १० खर्ब सात अर्ब ८२ करोड निक्षेप संकलन भएको राष्ट्र बैंकले जानकारी दिएको छ। मुद्दती निक्षेपमा १४ खर्ब ५० अर्ब ३३ करोड, कल डिपोजिमा तीन खर्ब ६२ अर्ब २७ करोड र अन्यबाट ३८ अर्ब १६ करोड निक्षेप संकलन गरिएको छ। 

क्षेत्रगत रुपमा हेर्दा बैंक तथा वित्तीय संस्थाले फागुन महिनासम्म कृषिमा एक खर्ब ४६ अर्ब ५६ करोड लगानी गरेका छन् भने कृषि वन तथा वेभरेज उत्पादनमा पाँच खर्ब एक अर्ब २८ करोड लगानी गरेका छन्। थोक तथा  खुद्रा बिक्रीमा ६ खर्ब तीन अर्ब ४४ करोड लागनी गरेका छन्। देशको प्राथमिक क्षेत्र पूर्वाधार निर्माणमा दुई खर्ब ९७ अर्ब १७ करोड कर्जा प्रवाह गरेका छन्। होटल तथा रेष्टुरा क्षेत्रमा एक खर्ब ११ अर्ब १८ करोड कर्जा प्रवाह भएको छ। 

बैंक तथा वित्तीय क्षेत्रको हार्येर पर्चेज लोन एक खर्ब ८४ अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी भएको छ। डेरिभेटिभ क्षेत्रमा एक खर्ब ६१ अर्ब कर्जा प्रवाह भएको छ। ट्रम लोनमा ५ खर्ब १३ अर्ब १९ करोड, ओभर ड्राफमा ४५ अर्ब २५ करोड र  मार्जिन लोनमा ४० अर्ब ८५ करोड कर्जा प्रवाह भएकोे छ।

प्रकाशित: २४ चैत्र २०७५ १४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App