१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हिउँ नपग्लिदा काम रोकियो

रसुवा - रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य आठ महिनादेखि ठप्प छ। यो वर्ष वर्षा छिटो सुरु भएको र हिउँ ढिलो परेका कारण काममा अवरोध आएको हो। आयोजनाको पावर ाउसमा बाढीले क्षति पु¥याएपछि असारदेखि निर्माण कार्य रोकिएको थियो। आयोजनास्थलमा हिउँ नपग्लिएका कारण काम सुरु हुन नसकेको आयोजना प्रमुख जितमान शेर्पाले बताए। ‘गत्लाङसम्म मात्रै जान सकिने अवस्था छ,’ उनले भने, ‘मानचेतबाट आयोजनास्थलसम्म हिउँ जमेको छ।’

आउँदो वैशाखबाट काम सुरु गर्ने योजना छ,’ उनले थपे। चिसोको समयमा काम गर्न नसकिने भएकाले रोकिएको हो। ‘गत मंसिरबाट एक महिना भने पनि काम गर्ने योजना थियो,’ साइड इन्चार्ज दुर्गासुमन जोशीले भने, ‘इन्सुरेन्स प्रक्रियाका कारण काम सुरु हुन सकेन।’असारदेखि भदौसम्म र पुसदेखि चैतसम्म दुई चरणमा निर्माण कार्य अवरुद्ध हुने गरेको छ। यस वर्ष मनसुन चाँडै सुरु भएका कारण निर्माण कार्य प्रभावित भएको थियो। आयोजनाले दिएको जानकारीअनुसार अहिले पावरहाउस निर्माण, प्रसारण लाइन निर्माण र पेनस्टक जोड्ने काम अन्तिम चरणमा पुगेको छ।

आयोजनाको ८५ प्रतिशत काम पूरा भएको छ। नौ सय ३० मिटरमध्ये करिब तीन सय मिटर पेनस्टक जोड्न बाँकी छ। २०६९ देखि निर्माण सुरु भएको आयोजना रन अफ रिभर प्रकृतिको हो। ६.४२ मेगावाट क्षमताको आयोजनाले हिउँदमा पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सक्ने बताइएको छ। ‘हिउँदमा हिउँ पग्लने भएकाले आयोजनाको उत्पादन घट्दैन,’ प्रोेजेक्ट इन्चार्ज जोशीले भने, ‘उत्पादित विद्युत् खेर जान नदिन प्रसारण लाइन निर्माणको काम पनि भइरहेको छ।’

वर्षको ६ महिना मात्रै आयोजनास्थलमा काम गरिने भएकाले निर्माणमा ढिलाइ भएको हो। त्यसबाहेक भूकम्प र नाकाबन्दीले पनि निर्माण कार्यमा प्रत्यक्ष असर पु¥याएको छ। सोमदाङदेखि ग्राङसम्म १६ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुँदैछ। जय दुर्गे कम्पनीले ३३ केभी प्रसारण लाइनको निर्माण गरिरहेको छ।
 

प्रकाशित: २४ चैत्र २०७५ ०७:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App