१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

यासिरको अश्विनविरुद्ध खेल्ने चाहना

दुबई- पाकिस्तानी लेग स्पिनर यासिर साहले भारतका बलर रविचन्द्रन अश्विनसँग खेल्ने चाहना रहेको सोमबार बताएका छन। यासिर र रविचन्द्रन विश्व क्रिकेटमा सर्वाधिक विकेट लिने स्पिनरमा पर्दछन्। यासिरले आइतबार वेस्ट इन्डिजविरुद्धको टेस्टमा १ सय विकेट लिँदै कीर्तिमान बनाएका थिए। उनले खेलमा १ सय २१ रनमा ५ विकेटलिएपछि १ सय विकेटको कोसेढुंगा पार गरेका थिए।

टेस्ट क्रिकेटमा छिटो १ सय विकेट लिने सर्वकालीन खेलाडी सूचीमा उनी दोस्रो स्थानमा पुगेका छन्। यासिरले १ सय विकेटको कोसेढुंगा १७औं टेस्टमापूरा गरेका हुन्।इङ्ल्यान्डका जर्ज लेहम्यानले सन् १८९६ मा तीव्र गतिमा १ सय विकेट लिने टेस्ट क्रिकेट खेलाडीको कीर्तिमान बनाएका थिए। उनले १६ औं टेस्टमा उक्त कीर्तिमान बनाएका थिए।

यासिरले १ सय विकेटको कोसेढुंगा पूरा गरेकोमा अश्विनले शुभकामना पठाएका थिए। पाकिस्तानी क्रिकेटर यासिरले अश्विनको सन्देश प्रेरणादायी भएको बताएका छन्। …उनले मलाई शुभकामना सन्देश पठाएका थिए। म त्यसप्रति आभारी छ,' साहले भने, …एउटा महान बलरले कसैलाई शुभकामना सन्देश दिन्छ भने त्यसले प्राकृतिक रूपमा प्रेरणा र उत्साह दिने गर्छ। मेरा लागि यो साँच्चिकै ठूलो प्रेरणादायी विषय हो।'

हालै घरेलु शंृखलामा न्युजिल्यान्डविरुद्ध२ सय विकेट पूरा गरेका अश्विन तीव्रगतिमा विकेट लिने दोस्रो खेलाडी हुन्। न्युजिल्यान्डविरुद्धको उनको ३७औं टेस्ट हो।

साहले आफ्नो सुरुआती १२ टेस्ट खेलमा ७६ विकेट लिएका थिए। जसमा उनले लर्ड्समा भएको खेलमा इङ्ल्यान्डविरुद्ध १० विकेट लिएका थिए। तर उनले पछिल्ला तीन खेलमा १ सय विकेट लिने कीर्तिमानपूरा गर्न सकेका थिएनन्।

पाकिस्तानी स्पिनर साहले आफू अश्विनविरुद्ध खेल्न आतुर रहेको बताएका छन्। …एकअर्काविरुद्ध खेल्दा प्रत्येक पाकिस्तानी र भारतीय खेलाडीले एकअर्कालाई शुभकामना दिएका हुन्छन्,' साहले भने, …मैले अहिलेसम्म भारतविरुद्ध टेस्ट खेलेको छैन। खेल्नका लागि मैले कामना गरेको छु।'

राजनीतिक तनावका कारण भारत र पाकिस्तानले सन् २००७ देखि एकअर्का विरुद्ध टेस्ट शृंखला खेलेका छैनन्। २००८ मा भएको मुम्बई आक्रमणपछि भारतले पाकिस्तानविरुद्धको शंृखला खेल्न अस्वीकार गर्दै आएको छ। उक्तआक्रमण पाकिस्तानी संरक्षणमा भएको दिल्लीको आरोप छ।

अश्विनले २०११ मा टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए। त्यस्तै साह भने दुई वर्षअघिदेखि टेस्ट टोलीमा सामेल छन्।

दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएपछि २०१५ को विश्वकपमा भारत र पाकिस्तानले खेलेका थिए। जुन खेलमा अश्विनले एक विकेट लिएका थिए भने साह विकेट लिन असफल भएका थिए।

दक्षिण एसियाली छिमेकी देश भारत र पाकिस्तान युद्ध नजिक पुगेका छन्। काश्मिर आक्रमणमा १७ भारतीय सेनाको मृत्यु भएपछि दुई देशबीच तनावपूर्ण वातावरण उत्पन्न भएको छ। जसले दक्षिण एसियाका दुई आणविक प्रतिद्वन्द्वी देशबीच क्रिकेट हुने सम्भावना टाढिएको छ।

प्रकाशित: २ कार्तिक २०७३ ०३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App