१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

इरफानको भावुक ट्वीट, समर्थकले भने, ‘मेरो हिरो आउँदैछ’

काठमाडौं- बलिउडका चर्चित कलाकार इरफान खानले दुई दिन अघि आफु भारत आउँदै गरेको ट्वीट गरे। यो ट्वीटले उनका शुभचिन्तकमा खुशियाली ल्याएको छ। सामाजिक सञ्जालमा उनका समर्थकले भन्न थालेका छन्, ‘मेरो हिरो आउँदैछ’ । खानले आफुँ चाँडैनै भारत आउन लागेको बताएका छन्।

एक वर्ष पहिले ५ मार्च, २०१८ मा इरफानले ट्वीट गर्दै आफु ‘न्यूरोएन्डोक्राइन ट्यूमर’ बाट पीडित भएको बताएका थिए। यस पछि उनी लन्डनमा बसेर उपचार गराउँदै आएका थिए। जटिल रोगबाट ग्रसित उनको स्वास्थ्यको सर्वत्र चिन्ता व्यक्त गरिएको थियो।

इरफानले भावनात्मक ट्वीट गरेका छन्। उनले लेखेका छन्, ‘भागदौडका बीच सायद हामीले यो भूल्ने गरेका छौं मानिसको मनमा हाम्रो लागि प्रेम हुन्छ। आफ्ना आफ्ठ्यारा दिनमा यो सबै याद आउने रहेछ। आफ्नो जिन्दगी यसरीनै वितिरहेको बेला थोरै रोकिएर तपाईहरुको प्रेमको लागि आभार भन्न चाहन्छु। किन भने उपचारको क्रममा तपाईहरुको शुभकामनाले नै मलाई पीडा सहन गर्ने शक्ति दिएको थियो। अव म तपाईहरुबीच आउँदैछु। सबै जनालाई मनैदेखि धन्यवाद।’

प्रकाशित: २३ चैत्र २०७५ ०६:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App