१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

स्याङ्जा र तनहुँमा जिप दुर्घटना, २० घाइते

तनहुँ - गण्डकी प्रदेशका दुई जिल्लामा भएका दुर्घटनामा २० जना घाइते भएका छन्। शुक्रबार स्याङजा र तनहुँमा दुर्घटना भएको हाे। 

स्याङजाको वालिङ नगरपालिका–७ बिसौनीस्थित भित्री सडकखण्डमा चापाकोटबाट वालिङतर्फ आउँदै गरेको ग१ज ५५२२ नम्बरको जिप दुर्घटना हुदाँ १६ जना घाइते भएका छन्।

जिपमा १८ यात्रु सवार थिए। घाइतेमध्ये ६ जनाको पोखराका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। अन्य १० जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार गरिएको प्रदेश प्रहरी कार्यायलले जनाएकोे छ। जिप र चालक प्रहरी नियन्त्रणमा छन्। 

यस्तै तनहुँको म्याग्दे गाउँपालिका १ बरचौरमा भएको दुर्घटनामा ४ जना घाइते भएका छन्। दमौलीबाट पोखरा जाँदै गरेको बा६च २९६ नम्बरको पिकअप भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ग१ज १८१९ नम्बरको ट्याक्सी आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका हुन्। दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: २२ चैत्र २०७५ १४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App