१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हावाहुरी पीडितलाई प्रदेश ५ सरकारकाे १ करोड सहयोग

शुक्रबारको मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवम भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरी । तस्बिर/नागरिक

बुटवल— प्रदेश ५ को सरकारले हावाहुरी पीडितका लागि १ करोड राहत उपलब्ध गराउने भएको छ।

शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश २ को बारा र पर्साका हावाहुरी पीडितका लागि १ करोड आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरीले जानकारी दिए।

सहयोग रकम प्रदेश २ सरकारको मुख्यमन्त्री राहत कोषमा जम्मा गरिने मन्त्री चौधरीले जानकारी दिए। गत आइतबार प्रदेश २ को बारा र पर्सामा हावाहुरीले ठुलो धनजनको क्षति भएको थियो।

शुक्रबारको मन्त्रीपरिषद बैठकले नर्भिक अस्पतालमा उपचाररत प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको स्वास्थ्योपचारमा ५ लाख रुपैँया सहयोग गर्ने निर्णय पनि गरेको छ।

बैठकले प्रदेश सभाका सदस्यहरुको स्वास्थ्य बीमा गर्ने निर्णय पनि गरेको छ। प्रदेश सभासदहरुको १० लाख बराबरको स्वास्थ्य बीमा गर्ने सरकारको नीति तत्काल कार्यान्वयमा ल्याउने निर्णय गरिएको मन्त्री चौधरीले जानकारी दिए।

त्यस्तै, सरकारले यसअघि प्रदेश सभामा दर्ता भइसकेको प्रदेश लोकसेवा आयोग विधेयक फिर्ता गर्ने निर्णय पनि गरेको छ। यसअघिको वर्षे अधिवेशनकै क्रममा प्रदेश सभामा पेशगरी बिषयगत समितिमा पठाइएको प्रदेश लोकसेवा आयोग फिर्ता गरी त्यस सम्बन्धी नयाँ बिधेयक तयार गर्ने निर्णय गरिएको हो।

प्रतिनिधि सभाबाट पारित भएको संघीय सरकारको प्रदेश लोकसेवा आयोगको मापदण्ड अनुरुपकै बिधेयक तयार गरी पुनः प्रदेश सभामा पेश गर्न बैठकले स्वीकृती दिएको मन्त्री चौधरीले जानकारी दिए।

बैठकले प्रदेश ५ को आवधिक योजनाको आधारपत्र स्वीकृत गरेको छ। त्यस्तै, बाँकेको खजुरा गाँउपालिकाको केन्द्र बागेश्वरी ३ बागमती नगरमा सार्ने निर्णय कार्यान्वयन गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको मन्त्री चौधरीले जानकारी दिए।

प्रकाशित: २२ चैत्र २०७५ ११:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App