१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

गरिमा र नेपाल इन्भेस्टमेन्ट बैंकबीच सम्झौता

काठमाडौं – नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले ‘गरिमा रेमिट’ सेवा प्रवाह गर्ने सम्बन्धमा गरिमा विकास बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच सम्झौता भएको छ।

गरिमा विकास बैंक लिमिटेडको तर्फबाट विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

अब देशभर रहेका नेपाल इन्भेस्टमेन्ट बैंकका ७८ शाखा र १२ वटा एक्सटेन्सन काउन्टरबाट गरिमा रेमिटमार्फत रकम भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिनेछ।
 

प्रकाशित: २२ चैत्र २०७५ ०८:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App