राहतको सामग्री निःशुल्क ढुवानी हुने

शुक्रबार, २२ चैत २०७५, १३ : ५९ नागरिक

काठमाडौं – बारा र पर्साका हावाहुरीबाट पीडितका लागि राहत सामग्रीको ढुवानी निःशुल्क गरिने भएको छ। नेपाल सामान ढुवानी व्यवसायी संघको बैठकले उक्त क्षेत्रमा प्रदान गरिने राहत सामग्री निःशुल्क ढुवानीको व्यवस्था गर्ने निर्णय गरेको हो। संघका अध्यक्ष श्यामकुमार डंगोलले राहत सामग्री लैजाने तयारीमा रहेका विभिन्न संघ, संस्था, व्यक्तिलगायत सहयोगी र दातालाई संघसँग समन्वय गर्न आग्रह गरे। उनले राहत सामग्री काठमाडौंदेखि वितरणस्थलसम्म पुर्‍याउन सहयोग गरिने बताए।

संघले हावाहुरीमा परी ज्यान गुमाउनेहरुको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। एक नेपालीले अर्को नेपालीलाई गाह्रो पर्दा मन खोलेर सहयोग गर्ने संस्कारअनुसार सहयोगी हात अगाडि बढाउन संघले आह्वान गरेको छ।

सघको तर्फबाट उपलब्ध गराउन लागिएको निःशुल्क सेवाका लागि नेपाल सामान ढुवानी व्यवसायी संघ, सानो भर्‍याङ, काठमाडौंको सम्पर्क नं ०१–४२८६३१२, ४२७१३३१ र ९८४१२८८९६१ मा सम्पर्क गर्न आग्रह गरिएको छ। काठमाडौं सामान ढुवानी व्यवसायी संघ, ठूलो भर्‍याङको सम्पर्क नं ०१–४६७१४५८ वा ९८५१०३०३३८ तथा वीरगञ्ज ट्रान्सपोर्ट एसोसिएसन, आदेश नगर वीरगन्जका सचिव नवराज अधिकारीको सम्पर्क नं ९८४५०३३३६१ मा सम्पर्क गर्न सहयोगदातालाई अनुरोध गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad