१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कृषकलाई ‘बाख्रा र बंगुर’ उपहार

कृषकलाई मेसान जातको बंगुर वितरण गर्दै गाउँपालिका अध्यक्ष किराँती । तस्बिर: शिखर/नागरिक

सोलुखुम्बु– महाकुलुङ गाउँपालिकाका पशुपालकलाई उन्नत जातको बाख्रा र बंगुरको पाठा वितरण गरिएको छ। पशु सेवा शाखाअन्तर्गत चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रमबाट पेल्माङ, छेस्काम र गुदेलका कृषकलाई ३२ बाख्रा र ४४ बंगुर वितरण गरिएको हो।

पशुपालनमा नश्ल सुधार गरी उत्पादकत्व र उत्पादन बढाउने उद्देश्यले शतप्रतिशत अनुदानमा बाख्रा र बंगुर उपहारको रुपमा वितरण गरिएको पशु सेवा चिकित्सक डा. बिर्खराज कुलुङले बताए। मंगलबार आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष सागर किराँतीले कृषकलाई बाख्रा र बंगुर वितरण गरेका हुन्।

मोरङको पथरीबाट किनेर ल्याइएको मेसान जातको बंगुर वडा नं ४ र ५ मा २०–२० वटा पाठी र २–२ वटा वीर (पाठा) वितरण गरिएको हो। वडा नं २ पेमाङ र वडा नं ३ छेस्कामका कृषकलाई हेटौंडाबाट ल्याएको बोयर जातको १५–१५ बाख्रा र एक–एक बोका वितरण गरिएको पशु सेवा शाखाले जनाएको छ। तीन लाख ५० हजारमा बंगुर र १२ लाख रुपैयाँमा बाख्रा खरिद गरिएको हो। बंगुरसँगै पाँच केजीका दरले दाना र मिनरल (खनिज पदार्थ) समेत वितरण गरिएको छ।

प्रकाशित: २२ चैत्र २०७५ ०६:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App