१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सहयोगले जोडिँदै मन

देवताल गाउँपालिकाको रामपुरवामा राहत वितरण कार्यक्रममा सहभागी परिवार दलका अध्यक्ष एकनाथ ढकाल। तस्बिर : रितेश/नागरिक

वीरगन्ज - नेपाल परिवार दलका एकनाथ अध्यक्ष ढकालको नेतृत्वमा आएको एउटा टोली बिहीबार हावाहुरी प्रभावित क्षेत्रमा आयो। पूर्वशान्तिमन्त्रीसमेत रहेका उनले पर्याप्त राहत नपुगेको देवताल गाउँपालिकाको एक सय ७० घरपरिवारलाई सौर्य ऊर्जाबाट चल्ने बत्ती बाँडे। उनले विपत्तिमा परेकाहरूका सााथमा आफूहरू रहेको सन्देश प्रवाह गरे।

नेता ढकालले तीनै तहका सरकार, सुरक्षा अंगहरू र विभिन्न संघ÷संस्थाले राहत तथा उद्धारमा देखाएको योगदानलाई सराहनीय रहेको उल्लेख गरे। ‘देश एउटा परिवार हो र परिवारका एउटा सदस्यलाई समस्या पर्दा अर्का सदस्यले साथ दिएको अनुभूति हुनु महŒवपूर्ण छ,’ उनले भने। उनीसँगै पार्टीका महामन्त्री विनोद डाँगी, प्रवक्ता सन्तोषकुमार पौडेल, पूर्वसांसद मिलन राजवंशी, नेकपाका पूर्वसांसद प्रह्लाद लामिछानेलगायत सामेल थिए।

गत आइतबार साँझ आएको विनाशकारी हुन्डरीले क्षतिग्रस्त बनेको मधेसको एक हिस्सामा अहिले सिंगै नेपाल उपस्थित भएको देखिएको स्थानीयको बुझाइ छ। यहाँ देशका विभिन्न क्षेत्रबाट नागरिक संस्थाका प्रतिनिधिहरू राहत सामग्री लिएर आउने क्रम जारी छ। देवताल गाउँपालिकाको रामपुरवामा भक्तपुर ठिमीबाट २७ युवाको टोली राहतको सामान लिएर पुग्यो। दुई सय घरधुरीलाई त्रिपाल, च्यादर, झुल र खाद्यान्नको सेट उनीहरूले वितरण गरे। संस्थाका काठमाडौं संयोजक विवेक रेग्मीले आफूहरुलाई यहाँ आएर सहयोग गर्न पाउँदा खुसी लागेको बताए। टोलीका सदस्यहरूले स्थानीयको स्वागत र सद्भाव लिएर फर्के। काठमाडौं, पोखरा र अन्य ठाउँका दर्जनौं संस्था आएर पीडितहरूको घाउमा मलम लगाउने गरेका छन्। पोखराबाट महिलाहरूको एउटा टोली मंगलबार आइपुगेपछि उनीहरूको तस्बिर समाजिक सञ्जालमा राख्दै विश्लेशक चन्द्र किशोरले लेखे, ‘पोखराबाट महिलाको एक समूह राहत लिएर झरे। देश जोड्Þने त आममान्छेले हो।’ मंगलबार नै काठमाडौंको कान्तिपुर बहुद्देशीय सहकारी संस्था लिमिटेडको टोली आएर राहतको सामान मात्र वितरण गरेन, पर्सा र बाराका प्रमुख जिल्ला अधिकारीमार्फत राहत कोषका लागि ५१ हजारको दरले नगद बुझायो।

भीषण हावाहुरीले हजारौं घरबारविहीन बनाएको छ। यसको चपेटामा परेकाहरू अन्नपात, लत्ताकपडा सबै गुमाएर खुला आकाशमुनि बस्न बाध्य भएको बेला सहयोगी हातहरू आइपुगेका हुन्। विभिन्न उद्योग वाणिज्य संघ, जातीय कल्याण संस्था, निजी क्षेत्रका प्रतिष्ठानलगायत संघसंस्था सहयोग लिएर आउने गरेका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अहिले प्रभावित क्षेत्रमा अहोरात्र खटिँदा स्थानीयले राज्यको साथ पाएको भन्ने अनुभूति गर्न पाएको भलुहीका समाजिक अगुवा बिक्की महतोले बताए।

प्रकाशित: २२ चैत्र २०७५ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App