१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रस्तावित न्यायाधीशमाथि उजुरी आह्वान

काठमाडौं – न्यायपरिषदबाट सिफारिस भएका सर्वोच्च अदालतका पाँच प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गरिएको छ। बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले शुक्रबारबाट उजुरी दिनका लागि दस दिनको समय तोकेको छ।

मंगलबार न्यायपरिषद्बाट सर्वोच्च अदालतको न्यायाधिशका लागि पाँच जना सिफारिस भएका थिए। न्यायपरिषद्ले सर्वोच्च अदालतका लागि पाँच न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको पत्र मंगलबार संसदीय सुुनुवाइ समितिमा पठाएको थियो।

न्यायपरिषद्ले उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुष्मालता माथेमा, कानून व्यवसायीबाट मोरङका पूर्व महान्यायाधिवक्ता हरि फुँयाल, काठमाडौंबाट वरिष्ठ अधिवक्ता कुमार रेग्मी र अधिवक्ता डा. मनोजकुमार शर्माको नाम सर्वोच्च अदालतका न्यायाधिशका लागि सिफारिस गरेको थियो।

प्रकाशित: २२ चैत्र २०७५ ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App