१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आइपीएलमा दिल्लीको खेल आज, सन्दीपकाे सम्भावना कति?

भारतमा जारी इण्डियन प्रिमियर लिग आइपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद भिड्दै छन्। ३ खेलमा २ जीत र १ खेलमा पराजित भएको हैदराबाद ४ अंक सहित तालिकाको तेस्रो स्थानमा छ। यता, ४ खेल खेलेको दिल्ली क्यापिटल्स २ जीत र २ खेलमा पराजित बन्दै तालिकाको पाँचौ स्थानमा छ। 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले आजको खेलमा उनलाई मैदान उतार्ने सम्भावना रहेको छ। सुरुवाती दुइ खेलमा लामिछानेलाई दिल्लीले मैदान उतारेको थिएन। यद्यपी, पछिल्ला दुई खेलमा भने उनले टिममा उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिइसकेका छन्। 

पछिल्लाे खेलमा बलियाे अवस्थामा पुगेकाे  दिल्ली कमजाेर ब्याटिङ्का कारण पञ्जावसँग १४ रनले पराजित बनेकाे थियाे। 

 दिल्ली र हैदराबादबीचकाे खेल आज बेलुकी ८ः१५ बाट शुरु हुनेछ। 

प्रकाशित: २१ चैत्र २०७५ ०६:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App