१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विप्लवका गाउँपालिका इन्चार्जद्वारा आत्मसमर्पण

रामेछाप - नेपाल कम्युनिष्ट पार्टी विप्लवका  गाउपालिकाका इन्चार्जले बुधबार जिल्ला प्रशासन कार्यालय रामेछापमा आत्मसमर्पण गरेका छन्।

जिल्लाको सुनापति गाउँपालिका इन्चार्ज लोकबहादुर रानामगरले प्रशासन कार्यालयमै आफैं आएर आत्मसमर्पण गरेका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसादशर्माले जानकारी दिए । 

२०७४ सालदेखि गाउँपालिका इन्चार्ज बनेका उनले पार्टीले संचालन गरेको हिंसात्मक गतिविधि आफूलाई उचित नलागेकाले बताएका छन्।

आत्मसमर्पण गर्न आएका मगरलाई जिल्लास्थित संचारकर्मी र मानवअधिकारकर्मीको रोहबरमा बुधबार नै छाडिएको छ। मगर आफू नै पार्टीको गतिविधिबाट बाहिर रहेर सामाजिक सेवामा लाग्ने प्रतिबद्धतासहित आएकाले उनलाई प्रशासनले उनका गतिविधि निगरानी राख्ने गरी छाडदिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ 

 

प्रकाशित: २० चैत्र २०७५ १५:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App