१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

३२ वर्ष पछि बलत्कारी पक्राउ

जाजरकोट- ३२ बर्षा अघि जिल्ला अदालत जाजरकोटले  जवरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजायँको फैसला सुनाएका व्यक्ति ३२ वर्ष पछि पक्राउ परेका छन्।

 तत्कालिन पुन्मा गाविस वडा नं ५ हाल भेरी मालिका नगरपालिका ६का ६८ वर्षीय प्रताप वलीलाइ आइतवार प्रहरीले ३२ बर्ष पछि पक्राउ गरेको हो।

   २०४१ सालमा जिल्ला अदालत जाजरकोटले  गाउँकै युवतीलाइ बलत्कार गरेको  मुद्दामा ३ वर्ष कैदको फैसला सुनाएको थियो।

 अदालतको फैसलासंगै फरार रहेका वलीलाइ आइतवार पक्राउ गरी अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक हिक्मतवहादुर वोहराले बताए।

     २०३६ सालमा वलीले गाउँकी युवतीलाइ जवरजस्ती करणी गरेको र उनका विरुद्ध अदालतमा  पीडित महिलाले दिएको मुद्दाको  २०४१ सालमा फैसला भएको निरीक्षक  वोहराको भनाइ छ।

उनका अनुसार वली गाउँमा आएको भन्ने सूचनाको आधारमा  जिल्ला र इप्रका जगतिपुरवाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। अदालतले ३ वर्षको कैद सजायँ सुनाए अनुसार  कैद भुक्तानीका लागि अदालतको आदेश अनुसार वलीलाइ  जिल्ला कारागारमा चलान गरिएको निरीक्षक वोहराले बताए।

प्रकाशित: १ कार्तिक २०७३ १२:२६ सोमबार

३२ बलत्कारी पक्राउ