गोवा घोषणापत्र जारी गर्दै सकियो ब्रिक्स सम्मेलन

सोमबार, ०१ कार्तिक २०७३, १५ : १९ नागरिक

गोवा (भारत)-  उदाउँदो अर्थतन्त्र भनेर मानिने देशहरु ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिकासम्बद्ध संगठन, ब्रिक्सको आठौं सम्मेलन भारतका गोवामा आइतबार सम्पन्न भएको छ।
सो सम्मेलन यही अक्टोबार १५ र १६ मा भारतको गोवामा भएको थियो। उक्त सम्मेलनले गोवा घोषणापत्र पनि जारी गरेको छ।
बिमस्टेक र ब्रिक्सका नेताहरुको संयुक्त यस घोषणापत्रमा विश्वमा सुशासन, साझेदारी, लगानी प्रवर्धन एवम् संयुक्त लगानीका साथै आर्थिक विकासका क्षेत्रमा विश्वमा सहयोग पुर्यान सकिने विषय सो घोषणापत्रमा समेटिएको छ।
चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग, रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, ब्राजिलियन राष्ट्रपति माइकेल टेमर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दक्षिण अफ्रिकी राष्टपति ज्याकोब जुमा सो सम्मेलनमा सहभागी थिए।
सो सम्मेलनमा आर्थिक क्षेत्रको बिकासका साथै सामुहिक विकासका अवसरहरुको खोजी हुनुका साथै विभिन्न क्षेत्रमा भएको सहयोग र समन्वयका बारेमा व्यापक मात्रामा छलफल भएको थियो।
सो घोषणापत्रमा संयुक्त राष्ट्रसंघको सन् २०३० दिगो विकास सम्बन्धी लक्ष हासिल गर्नका लागि विकासशील देशहरुलाई विकासित देशले सहयोग गर्ने भनेको प्रतिबद्धता बमोजिम काम गर्न पनि आग्रह गरिएको छ।
त्यस घोषणा पत्रमा गएको एक दशकमा यस संगठनका लागि सहयोग गरेकोमा संयुक्त राष्टसंघका महासचिव बान कि मुनलाई विशेष धन्यवाद पनि ज्ञापन गरिएको छ।
त्यसैगरी आगामी कार्यकालका लागि संयुक्त राष्टसंघको महासचिवमा नियुक्त भएका एन्टोनियो गुटेर्रेस लाई सो घोषणापत्रमार्फत बधाई ज्ञापन पनि गरिएको छ।

वर्तमान महाचिव बान की मुनको कार्यकाल यही डिसेम्बर ३१ मा सकिएपछि सन् २०१७ जनवरी एकदेखि गुटेर्रेसले महासचिवको जिम्मेवारी सम्हाल्ने छन्।  उनले यसअघि राष्ट्रसङ्घ शरणार्थी आयोगको प्रमुखको जिम्मेवारी पनि निभाएका थिए।

आपसी हितको प्रवर्धन र सहयोग एव्म समन्वयलाई अघि बढाउन जि२० संगठनसँगको सहकार्यलाई अघि बढाउन पनि उक्त घोषणा पत्रले प्रतिबद्धता व्यक्त गरेको छ।
सो घोषणा पत्रले ब्रिक्स राष्ट्रहरुमा हालै भएका भनिएका कतिपय आतङ्कवादी हमलाहरुको निन्दागर्दै सबैखाले आतङ्कवादी क्रियाकलापहरुको कडा शब्दमा निन्दा गरेको छ।
यस घोषणापत्रमा वातावरणीय संरक्षण एवम् जलवायु परिवर्तनको असर कमगर्ने विषयमा हालै गरिएको पेरिस सम्झौताको पनि स्वागत गरेको छ।
यस संगठनको आगामी, नवौँ सम्मेलन चीनमा आयोजना गरिने भएको र यसका लागि चीनलाई विशेष धन्यवाद पनि ज्ञापन गरिएको छ।
ब्रिक्स्को यस आठौँ सम्मेलनमा विभिन्न देशका नेताहरुले आ आफ्ना देशका द्धिपक्षीय हित र मामिलामा पनि आपसमा कुराकानी गर्ने अवसर पाएका थिए। रासस/ सिन्ह्वा

 







यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

गुगलले एन्ड्रोइडको नयाँ लोगो सार्वजनिक गरेको छ ! ...

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad