१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

औषधि र राहत बोकेर डा. केसी बारामा

बारा– आइतबार बेलुका आएको हावाहुरीबाट प्रभावितको उपचार र राहत सामग्री वितरण गर्नको लागि डा.गोविन्द केसी बारा आएका छन्। मंगलबार पुरैनिया पुगेका डा. केसीले हावाहुरीबाट घाइते भएकाहरुको उपचार र राहत सामग्री समेत वितरण गरेका छन्।

पुरैनियका र भतुही भरवलीयामा पुगेर १५० जना भन्दा बढी घाइतेको उपचार गरिएको र पीडितलाई खाद्यान्न र कपडाहरु समेत वितरण गरिएको डा. केसीले बताए। उनले फेटा गाउँपालिका वडा नम्बर ६ पुरैनियका वडा अध्यक्ष जाकिर हुसेन लगायत धेरै जनाको उपचार गरेका छन्।

डा. केसीले क्षतिग्रस्त गाउँमा पुग्दा अधिकांश घरहरु भत्केको र धेरै जना अझै पनि उपचारबाट बन्चित रहेको अवस्था देखिएको बताए।

हावाहुरीबाट बारामा मात्रै मंगलबारसम्म २७ जनाले ज्यान गुमाएका छन भने ६ सय ४ जना घाइते छन्। त्यस्तै, मंगलबार दिउँसोसम्मको तथ्यांकअनुसार १५ सय भन्दा बढीले घर गुमाएको पाइएको बारा प्रहरीले जनाएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App