ओलीको प्रश्नः विषादी हालेर फर्सीजत्रो सुन्तला बनाएपछि स्वाद कहाँबाट आउँछ?

मङ्गलबार, १९ चैत २०७५, १९ : ३९ नागरिक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीले ठूलो मात्रामा कृषि उत्पादन गर्नुपर्ने बताएका छन्। ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सहकारीले ठूला फाँटमा धेरै उत्पादन गरेर किसानलाई पनि समृद्ध बनाउनु पर्नेमा जोड दिए। ‘हाम्रो अहिले समस्याको रुपमा रहेको खेतीको खण्डिकरणलाई रोक्नुपर्छ। चक्ला खेती सुरु गर्नु पर्दछ’, उनले भने, ‘भूगोल अनुसार जे बाली उत्पादन हुन्छ। त्यो ठूलो मात्रामा उत्पादन गर्नु पर्दछ। जसले गर्दा बजारीकरणमा समस्या हुँदैन।’

किसानले कहिले सब्जी सडकमा फालेको, कहिले दुध पोख्नु परेको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले सानो मात्राको उत्पादनले यस्तो समस्या आएको बताए। ‘एक डोको कोपी किन्न कोही आउँदैनन्, एक ड्रम दुध किन्न पनि ग्राहक भेटिँदैन’, उनले भने, ‘गाउँभरी एकै प्रकारकोे सब्जी उब्जाउने हो र धेरै टन दुध उत्पादन गर्ने हो भने ग्राहक खेतखेतै र गोठगोठै पुग्छन्। किसानले उचित मूल्य पनि पाउछन्।’

प्रधानमन्त्री ओलीले बिषादीका कारण नेपालीको स्वास्थ्य बिग्रदै गएकोमा चिन्ता व्यक्त गरे। ‘खाने प्लेट सफा, चमेज सफा, भाडा सफा। तर चामल, सब्जी चाँही बिषादी मिसिएको छ। यसरी स्वास्थ्यलाई फाइदा पुग्दैन’, उनले भने।

फलफूलका बोट विरुवामा नयाँ नयाँ प्रयोग गर्ने नाममा त्यसको मौलिक गुण स्वाद र आकार नै विलय हुन थालेको उनको भनाइ छ। ‘फर्सी जत्रो सुन्तला बनाएपछि त्यसमा सुन्तलाको स्वाद कहाँबाट आउछ’, ओलीले भने, ‘लौकामा त्यस्तै। कल्चर गर्ने नाममा खानेकुरालाई नै पागल बनाइएको छ। यिनीहरुको मौलिक गुणलाई कायम राखे मात्र त्यसबाट प्राप्त हुने पोषक तत्वहरु पाउन सकिन्छ।’







यसमा तपाईको मत

अन्य समाचार

“पल्सर डेयर भेन्चर ४” शुरु (भिडियो)

“पल्सर डेयर भेन्चर ४” शुरु (भिडियो)

बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट  लिएर आएको...

सिद्धार्थ बैंकमा चेक डिपोजिट मेसिन सुरु

सिद्धार्थ बैंकमा चेक डिपोजिट मेसिन सुरु

सिद्धार्थ बैंकले ग्राहकलाई प्रभावकारी सेवा दिने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । हाललाई उक्त सुविधा हात्तीसार शाखामा...

नेपालगन्जमा एनसेल सेन्टर

नेपालगन्जमा एनसेल सेन्टर

एनसेल प्राइभेट लिमिटेडले ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै नेपालगन्जको पुष्पलाल चोकमा बिहीबार नयाँ सुविधासम्पन्न नयाँ एनसेल सेन्टर सञ्चालन...

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

लक्ष्मी कमर्सियल भेहिकल प्रालिले एउटै छानामुनि सर्भिस सेन्टर र ग्लोबल सिरिजको ट्रक र ट्रिपरको नयाँ विश्वव्यापी शृंखला बजारमा ल्याएको छ...

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस मेसिन हस्तान्तरण गरेको छ । ...

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

ट्रेड डेभलपमेन्ट ब्युरो अफ मिनिस्ट्री अफ कमर्स अफ पिआर चाइना तथा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड चेम्बरको...

भक्तपुरमा बाजेको सेकुवा

भक्तपुरमा बाजेको सेकुवा

मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ले भक्तपुरको गठ्ठाघरमा शाखा विस्तार गरेको छ । ...

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकले विश्व बाल दिवसको अवसरमा ललितपुरको धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ थान ब्ल्यांकेट सहयोग गरेको...

Ncell Footer Ad