१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

थ्री स्टारलाई टाइब्रेकरमा सफलता

आयोजकविरुद्ध बल अघि बढाउँदै थ्री स्टार क्लबका खेलाडी । तस्बिरः नागरिक

इटहरी – आयोजक एलेभन एरोज क्लब दुहवी सुनसरीलाई टाइब्रेकरबाट ४–१ गोलले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब काठमाडौं यहाँ जारी तेस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

थ्री स्टारले सेमिफाइनलमा बुधबार नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। निर्धारित समय दुवै टोलीले गोलरहित बराबरीमा टुंग्याए। थप समयमा पनि दुवै तर्फबाट गोल नभएपछि खेल टाइब्रेकरमा धकेलियो। टाइब्रेकरमा थ्री स्टारका रञ्जित धिमाल, सुनिल बल, विजय धिमाल र विदेशी खेलाडी मनसन बेहगीले गोल गरे। 

आयोजकका तर्फबाट जीवन धामीले मात्र गोल गरे। आयोजकका रोशन भुजेलको प्रहार थ्री स्टारका गोलकिपर एलन न्यौपानेले बचाए भने उमेश राईको प्रहार पोलमा लागेर बाहिरियो।

आयोजक टोलीको घरेलु मैदान भएकाले दुहवी रंगशालामा सोमबार टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्याे। टोलीले निर्धारित समयमा थ्री स्टार क्लबलाई आच्छुआच्छु बनाएको थियो।  दुवै टोलीबीचको कडा प्रतिस्पर्धाले निर्धारित समय र त्यसपछि थपिएको अतिरिक्त समयमा गोल नहुँदा खेल टाइब्रेकरमा धकेलिन पुग्यो। 

सोमबार खेलको म्यान अफ दी म्याच आयोजक क्लबका गोलकिपर सूर्य अधिकारी भए। उनले नगद १० हजार  पाए। 

मंगलबारको खेल वेस्ट बंगाल फुटबल क्लब भारत र दाउफिन्स क्लब क्यामरुनबीच हुनेछ। एलेभन एरोज क्लब दुहवी र मनमोहन स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको गोल्डकप फुटबल प्रतियोगितामा विजेता तथा उपविजेता टोलीलाई क्रमशः छ लाख र तीन लाख रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रकाशित: १९ चैत्र २०७५ ०५:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App