हावाहुरीको पूर्वानुमान उपकरण नेपालमा अभाव

मङ्गलबार, १९ चैत २०७५, ०७ : २० भुवन शर्मा

काठमाडौं - बारा र पर्सामा आइतबार साँझ शक्तिशाली हावाहुरी आउनुभन्दा केही समयअगाडि मात्र साँझ ६ बजे मौसम पूर्वानुमान महाशाखाले निकालेको बुलेटिनमा नेपालको मध्य भूभागमा मेघ गर्जनसहित वर्षा हुने अनुमान गरिएको थियो। त्यसको केही समयपछि नै आएको शक्तिशाली हावाहुरीको पूर्वानुमान भने सो महाशाखाले गर्न सकेन। सोमबार महाशाखाद्वारा जारी विज्ञप्तिमा भने बारा र पर्सामा क्रियाशील मौसम प्रणाली हालसम्मकै शक्तिशाली रहेको जनाइएको छ। त्यसको गति ९० किलोमिटर प्रतिघन्टा भन्दा बढी रहेको महाशाखाको भनाइ छ।

हवाई उड्डयनका लागि सिमरा विमानस्थलमा जडित मौसम स्टेसनले पनि हावाहुरीको पूर्वसंकेत गर्न सकेन। महाशाखाका अनुसार हावाहुरीको छुट्टै अनुमानका लागि आवश्यक पद्धति र उपकरण नेपालमा छैनन्। महाशाखाले मेघ गर्जनसहित वर्षा हुने अनुमान मात्र गर्ने गरेको छ।

महाशाखााका अनुसार हावाहुरी आउने पूर्वानुमान गर्न राडार नेटवर्क टेक्नोलोजी, विविध टेक्नोलोजी र इनसेम्बर वेदेर फोरकास्टिङ (संख्यात्मक मौसम पूर्वानुमान पद्धति) आवश्यक पर्ने मौसमविद् सुजन सुवेदीले बताए। हावाहुरी अनुमान गर्न थप प्रविधि र जनशक्ति आवश्यक पर्ने उनको भनाइ छ। ‘अब हावाहुरीको पूर्वानुमानबारे अध्ययनका लागि थप प्रविधि आवश्यक छ,’ उनले भने। अहिले नेपालमा भएको प्रविधिबाट हावाहुरीलाई मेघ गर्जनसहित वर्षा हुने अनुमानभित्र राखिएको उनले जानकारी दिए।

बारा–पर्साको हावाहुरी अहिलेसम्मकै शक्तिशाली

महाशाखाद्वारा जारी विज्ञप्तिमा यस विषयलाई उठाइएको छ। ‘हालको न्यून जनशक्ति र अत्याधुनिक प्रविधि, जस्तै ः मौसमी राडार नेटवर्क, स्वचालित मौसमी केन्द्रको नेटवर्क कमी हुँदा पनि पूर्वानुमान महाशाखाले आफ्नो दैनिक मौसम पूर्वानुमानमा यस्ता मौसमी गतिविधिलाई समेट्ने कोसिस गर्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ। यस प्रकारका मौसम प्रणालीले पार्ने जनधनको क्षति न्यून गर्न हावाहुरीलगायत मौसमको पूर्वानुमान र चेतावनीका लागि पर्याप्त जनशक्तिका साथै अध्ययन–अनुसन्धानसहित अत्याधुनिक प्रविधि अत्यावश्यक रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मौसम पूर्वअनुमान गर्न देशभर १६ ठाउँमा फिल्ड स्टेसन राखिएका छन्। नेपालको आफ्नै सेटलाइट नहुँदा जापानको सेटलाइटबाट इमेज लिनुपरेको मौसमविद् गंगा नगरकोटीले बताइन्।

देशभरका १६ वटा स्टेसनबाट आएका सूचना र सेटलाइट इमेजका आधारमा मौसमको पूर्वानुमान गर्ने गरिन्छ। यसैगरी डिफरेन्ट मोडल आउटपुट (विविध नमुना अध्ययन) बाट पनि मौसम पूर्वानुमान गर्ने गरिएको सुवेदीले जनाए। स्थानीय मौसम गतिविधि र माथिल्लो वायुमण्डलमा निम्न चापीय क्षेत्र निर्माण भई बारा र पर्सामा अनुमान गरेभन्दा शक्तिशाली हावाहुरी आएको सुवेदीको भनाइ छ। यसैगरी मौसमविद् नगरकोटीले बारा पर्सामा अनुमान गरिएभन्दा बढी हावाहुरी आएको बताइन्। ‘मध्यक्षेत्रमा हावाहुरी आउने अनुमान त गरेका थियौं तर अनुमानितभन्दा शक्तिशाली आयो,’ उनले भनिन्।

मंगलबार र बुधबार पूर्वी क्षेत्रमा मेघगर्जनको सम्भावना
महाशाखाका अनुसार मंगलबार देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। यसैगरी पूर्वी भूभागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी बुधबार देशको पूर्वी र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। सो दिन पूर्वी भूभागका थोरै स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सोही दिन राति पूर्वी र मध्यका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।


 








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad