१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्कुटर ठक्कर दिने पछुवा गाडीलाई कारवाही

काठमाडौं– सडकमा गुडिरहेको सर्वसाधारणको स्कुटरलाई ठक्कर दिने सशस्त्र प्रहरी बलको पछुवा गाडीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाही गरेको छ। महाशाखाले चालकलाई ५ सय रुपैयाँ जरिवाना गरेको हो। 

पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षामा खटिएको सशस्त्रको बा १ झ ९५२७ नम्बरको जिपले बबरमहलमा सर्वसाधारणको स्कुटरलाई ठक्कर दिएको थियो। ठक्कर दिएको भिडियो भाइरल भएपछि कारवाहीको आवाज उठेको थियो।

सशस्त्रको गाडीका चालकले लापरवाहीका साथ सवारी चलाएकाले सवारी ऐन बमोजिम कारवाही गरेको ट्राफिक महाशाखाले जनाएको छ। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App