१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

क्षति भएका संरचना सरकारले बनाउँछ : गृहसचिव राई (भिडियो)

बारा–गृहसचिव प्रेमकुमार राईले बारा र पर्सामा हावाहुरीका कारण क्षति भएको भौतिक संरचना निर्माण सरकारले गरी दिने बताएका छन्।
बाराको फेटामा पीडितलाई भेट्न र क्षतिको अवलोकन गर्न पुगेका गृहसचिव राईले सरकारले पीडितलाई राहत उपलब्ध गराउनुका साथै भत्किएका भौतिक संरचना निर्माण गर्ने आश्वासन दिए।

‘घाइतेको उपचार नेपाल सरकारले गर्ने गर्छ। जुन अस्पतालमा छन् त्यहीँ हुन्छ’, उनले भने, ‘सरकारले मृतकका परिवारलाई क्षतिपुर्ती उपलब्ध गराउँछ।’

गृहसचिव राईले प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा क्षति विवरण लिने बताए। यस घटनालाई सरकारले गम्भीरतापूर्वक लिने उनले बताए। गृहसचिव राईले घटनाको निरीक्षाणका लागि आजै गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री उपेन्द्र यादव, भौतिक पूर्वधारमन्त्री रघुवीर महासेठ र सहरी विकास मन्त्री महोमद ईस्तियक राई घटनास्थल जाने बताए।

प्रकाशित: १८ चैत्र २०७५ ०६:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App