१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गृहसचिवसहितको टोली घटनास्थलमा

बारा–गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहितको टोली बारा र पर्सा पुगेको छ। हावाहुरीबाट भएको क्षति बुझ्न टोली बारा र पर्सा पुगेको हो।

आइतबार चलेको हुरीले  खण्डहर बनेको फेटा गाउँपालिका–३, पुरैनिया गाउँको स्थलगत अवलोकनका लागि गृहसचिवसहितको टोली त्यहाँ पुगेको हाम्रा सहकर्मी मदन ठाकुर र टंक क्षेत्रीले जानकारी दिए।

सुरक्षा निकायको टोलीले श्रीमतीसहित परिवारका चार जना गुमाउने इजहार अन्सारीको घरमा छन्। टोलीले अन्य पीडितहरूलाई पनि भेट्ने छन्। 

बिहानैदेखि प्रधानमन्त्री केपी ओली, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायत आउने हल्ला चले पनि अहिलेसम्म गृहसचिव नेतृत्व टोली मात्रै आइपुगेको छ। 

 

प्रकाशित: १८ चैत्र २०७५ ०६:०० सोमबार

गृहसचिव हावाहुरी पीडित