१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

निशु ‘नर्सिङ आइडल’

काठमाडौं– नर्सिङ पेशामा आबद्ध सुन्दरीहरूको आन्तरिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको ‘नर्सिङ आइडल २०१९’ को दोस्रो संस्करणको उपाधि स्वास्थ्य परिचारिका निशु महर्जनले जितेकी छन्। उनले अन्य  १६ प्रतियोगीलाई पछि पार्दै उपाधि पोल्टामा पारेकी हुन्। विजेता महर्जनले उपाधिसँगै ‘मस्ट पपुलर’, ‘पब्लिक च्वाइस’ तथा ‘मस्ट एट्राक्टिभ’को विधागत अवार्ड पनि जितिन्। उनले पुरस्कारसँगै उपहार तथा थाइल्याण्ड घुम्न जाने अवसर पनि पाइन्।

अमेजन इन्टरटेन्मेन्टले हालै राजधानीमा आयोजना गरेको प्रतियोगितामा देनुषा घर्ती मगर ‘फष्ट रनर अप’सँगै ‘मस्ट कन्फिडेन्स’ र सुष्मा थापा ‘सेकेन्ड रनर अप’सँगै ‘बेस्ट फोटोजेनिक’ भए। विधागततर्फ रबिया नगरकोटी ‘बेस्ट पर्सनालिटी’, अमृता मैनाली ‘बेस्ट डिसिप्लिन’, अर्चना श्रेष्ठ ‘मस्ट एक्टीभ’, सजु पौडेल ‘मस्ट इनर्जेटीभ’, ज्योति शाह ‘मस्ट इण्टेलिजेन्ट’, सीमा क्षेत्री ‘बेस्ट ट्यालेण्ट’, कृतिमा प्रजापति ‘मस्ट चार्मिङ’ र अश्मी श्रेष्ठ ‘मस्ट स्मार्ट’ घोषित भए।

अभिनेत्री पुजा चन्द प्रमुख निर्णायक रहेको प्रतियोगितामा मोडल तथा नायक दिकपाल कार्की, कस्मेटिक डा. रेखा थापा , ‘मिस्टर हेण्डसम’ विजेता मिलन रेग्मी निर्णायक थिए। प्रतियोगितालाई हिमानी सुब्बाले कोरियोग्राफी गरेकी थिइन्।

 

प्रकाशित: १८ चैत्र २०७५ ०४:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App