१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिने घाेषणा

जनकपुर -  भीषण हावाहुरीका कारण बारा र पर्सामा ठूलो मनाविय क्षति भएपछि  प्रदेश २ को सरकारले गहिरो दुःख  प्रकट गर्दै क्षतिपूर्ति दिने घाेषणा गरेकाे छ। आइतबार राति हावाहुरीबाट ठूलो धनजन क्षतिकाे जानकारी पाएपछि सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले क्षतिपूर्ति दिने घाेषणा गरेकाे हाे। बैठकले मृतकका परिवारलाई ३ लाख रुपैयाँ तत्काल राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ।

असिनापानीसँगै आएको हावाहुरीबाट २८ जनाभन्दा बढीको मृत्यु भएको भने कलैया, वीरगञ्ज लगायतका अस्पतालहरुमा ४ सय भन्दा बढी घाइतेहरु उपचारत छन् । प्राकृतिक विपतिमा परेर घाइते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाहरुको बासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने पनि प्रदेश क्याबिनेटले निर्णय गरेको छ।

हवाहुरीले  बारा र पर्सामा करोडौँको भौतिक क्षति भएको प्रहरीको भनाई छ। घटनास्थलामा नेपाल  प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित आफन्तहरु उद्धार कार्यमा जुटेका छन्।  हावाहुरीले घरको छानो भत्काउदा घरपालुवा जनावरहरु समेत मरेका छन।

त्यस्तै बिभिन्न स्थानमा बिजुलीका पोलहरु ढलेपछि गए राति देखीनै बारा र पर्सामाको विद्युत् आपूर्ति समेत बन्द भएको छ। अधिकांश ठाउँमा मोबाइल र ल्याण्डलाइन सेवा समेत अवरुद्ध छन् । ठाउँठाउँमा रुख ढलेपछि केही ठाउँको सडकमा यातायात आवागमन पनि अवरुद्ध भएको छ।

प्रकाशित: १८ चैत्र २०७५ ०३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App