१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बारामा भीषण हावाहुरी, कम्तीमा २५ जनाको मृत्यु ४ सय घाइते (अपडेट)

काठमाडौं– बारामा आज साँझको भीषण हावाहुरीबाट २५ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमबहादुर शाहीले टेलिफोनमा दिएको जानकारी अनुसार अहिलेसम्म २१ जनाको शव फेला परेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट गर्दै हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारीमा आएको बताएका छन्। उनले यस आकस्मिक क्षतिप्रति दु:ख व्यक्त गर्दै उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भईसकेको बताएका छन्।  उद्दारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएको समेत उनले ट्विट गरेका छन्।

डिएसपी शाहीका अनुसार टेलकुवामा १, भलुहीमा ५, क्वै सोर्ण गाउँपालिकामा १, फेटा पुरेनियामा ७, हर्दिया र परशुरामपुरमा २ जना, धर्मनगरमा ४ जनाको शव फेला परेको र १ जनाको वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ। घाइतेलाई वीरगञ्ज र नजिकको अस्पताल पु-याएर उपचार भइरहेको उनले बताए। 

डिएसपी शाहीले हावाहुरीबाट घरहरु तहस नहस भएकाले मृतकको संख्या थपिनसक्ने बताए। ‘बारामा ठूलो प्राकृतिक विपत्ति आइपरेको छ। हामी अहिले पनि उद्दारमा छौं’, उनले भने।

प्रकाशित: १७ चैत्र २०७५ १६:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App