१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘नशामा हिलारी’

अमेरिका–अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले आफ्नी प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनको अर्को प्रत्यक्ष टेलिभिजन बहस पूर्व नशालु औषधि सेवन गरे नगरेको जाँच गर्न माग गरेका छन् । उनले आफू पनि यस्तो जाँचका लागि तयार रहने बताएका छन् । ले पछिल्लो प्रत्यक्ष टेलिभिजन बहस पूर्व कुनै प्रकारको औषधि प्रयोग गरेको आरोप लगाएका छन् ।

न्यु हेम्शायरमा भएको ¥यालीमा बोल्दै उनले क्लिन्टनलाई निर्वाचत गराउन चुनावी दौडमा धाँधली गरिएको यसअघिको आफ्नो दाबी पनि दोहो¥याएका छन् । ट्रम्पले यौन दुव््र्यवहार गरेको भन्ने ताजा आरोपहरु सार्वजनिक भइरहेका बेला र उनको चुनावी अभियान मुख्य राज्यहरुमा फितलो बन्दै गएको बेला उनको यस्तो टिप्पणी आएको हो ।

क्लिन्टनमाथि ट्रम्पको व्यक्तिगत आक्रमण बढ्दै गइरहेको छ । ट्रम्पले यसअघि नै क्लिन्टनलाई धूर्त उपमान दिइसकेका छन् । आफू राष्ट्रपति भए क्लिन्टनलाई कारागारमा राख्ने ट्रम्पले बताएपछि उनका समर्थकहरुले ‘क्लिन्टनलाई थुन’ भन्दै नारा लगाएका थिए । ट्रम्पले क्लिन्टनसँग देशको प्रमुख कमाण्डर हुनका लागि आवश्यक तागत नभएको आरोप पनि लगाए ।तर अहिले उनी त्यो भन्दा पनि अगाडि बढेर आफूहरु दुवैले कुनै किसिमको शक्तिवर्द्धक औषधि प्रयोग गरेको वा नगरेको भन्नेबारे परीक्षण हुनुपर्ने बताका छन् ।

पछिल्लो बहसका क्रममा क्लिन्टन सुरुमा अलि बढी नै उत्साही भएको र पछि उनलाई आफ्नो कारसम्म पुग्न पनि मुस्किल भएको ट्रम्पले बताए । उनले भने, ‘हामीले शक्तिवर्द्धक औषधि लिए नलिएको बारे परिक्षण गर्नुपर्छ । किनभने मलाई थाहा छैन क्लिन्टनलाई पछिल्लो बहसको क्रममा के भएको थियो, सुरुमा उनलाई धेरै उत्साहित देखिएको थियो तर अन्त्यमा मुस्किलले उनी आफ्नो कारसम्म पुग्न सकिन् । त्यसैले हामीले औषधिको प्रयोगबारे परिक्षण गर्नपर्छ । जे भए पनि म यसका लागि तयार छ ।’

क्लिन्टनको चुनावी अभियान टोलीले ट्रम्पको त्यस्तो आरोपलाई अपमानजनक भन्दै उनले चुनावी महत्व घटाउन गरेका लज्जास्पद प्रयास मतदाताले बुझेकाले अभूतपूर्व संख्यामा उनीहरु नोभेम्बरको चुनावमा सहभागी हुने बताएको छ ।

ट्रम्पले सोही कार्यक्रममा एक महिला माथि यौन शोषण गरेको आरोपको पनि खण्डन गरेका छन् । उनले सार्वजनिक भएको रेकडिङ बन्द कोठामा भएको भन्दै त्यसको कुनै तुक नभएको बताएका थिए । उनले आफूमाथि दुव्र्यवहारको आरोप लगाइरहेका महिला संगठनलाई कुरा बुझेर मात्र आफूप्रति टिप्पणी गर्न आग्रह गरेका छन् ।
चुनावी सर्वेक्षणको ताजा परिणाम अनुसार आरोपपछि ट्रम्पले केही राज्यमा आफ्नो प्रभाव गुमाएका छन् । जसको फाइदा क्लिन्टनलाई भएको छ । नोभेम्बरमा राष्ट्रपतिको चुनाव हुँदैछ ।

 

प्रकाशित: १ कार्तिक २०७३ ०४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App