१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कलेजविरुद्ध प्रदर्शन गर्दा नेविसंघका कार्यकर्ता परे प्रहरीकाे फन्दामा

काठमाडौं – पोखरा विश्वविद्यालय अन्तर्गतका केही कलेजले परीक्षा दिनबाट वञ्चित गराएर विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ११ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। 

नियमविपरीत भर्ना लिने र परीक्षा दिनबाट वञ्चित गर्ने कलेजहरूमा नेविसंघ सिटिइभिटीले माफिया लेखेका थिए। त्यो क्रममा मध्य वानेश्वरबाट प्रहरीले आफूहरूलाई धरपकट गर्दै पक्राउ गरेको नेविसंघका सिटिइभिटी नेता दिपेश ओलीले जानकारी दिए। 

मध्य बानेश्वरको एपेक्स कलेज अगाडीबाट प्रदर्शन गर्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा नेताहरू नवराज त्रिपाठी, मनिष सिंखडा , सरोज थापा, चेतराज कँडेल, पौवल बज्राचार्य, केयुर न्यौपाने, अर्बत खड्का, कृष्ण पुडासैनी,  प्रशान्त थापा, दिपेश ओलि,निराज घिमिरे र सुरज ऐर रहेको नेविसंघ नेता सुशील भट्टले जानकारी दिए।

कलेजहरूको लापरवाहीका कारण तीन सयबढी विद्याार्थी परीक्षा दिनबाट बञ्चित ३ वञ्चित भएको उनको भनाई छ।  पक्राउ परेका आफ्ना नेता÷कार्यकर्तालाई रिहाई नगरे आन्दोलनमा उत्रन बाध्य हुने ता भट्टले बताए।

 

प्रकाशित: १७ चैत्र २०७५ ०६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App