१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ग्रीष्मालाई फुटसल उपाधि

काठमाडौं – ग्रीष्मा मल्टीपर्पज को–ओपरेटिभले शनिबार ‘जेन्टलम्यान किक’ प्रथम कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि जितेको छ।

नयाँबजारस्थित रिभर फिल्ड फुटसलमा भएको फाइनलमा ग्रीष्माले आइएमई ग्रुपलाई ३–१ गोलले पराजित ग¥यो। ग्रीष्माका सिजन गुरुङले २ तथा सन्देश पाण्डेले १ गोल गरे। आइएमईका किरण गुरुङले १ गोल फर्काए। विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाए।

प्रो स्पोर्ट्सद्वारा आयोजित प्रतियोगितामा सिजन गुरुङ उत्कृष्ट खेलाडी तथा नेत्रबहादुर श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए। प्रतियोगिताभर ८ गोल गरेका आइएमईका किरण गुरुङ सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा रहे। नेपाल ओलम्पिक कमिटीले अनुशासित टोलीको ट्रफी हात पार्याे।

विजेतालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य दावा कुङ्गा लामा, नेपाल ओलम्पिक कमिटीका सदस्य नीलेन्द्रराज श्रेष्ठ, प्रो स्पोर्ट्सकी कार्यकारी निर्देशक बागमती राईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। एकदिने प्रतियोगितामा ८ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: १७ चैत्र २०७५ ०४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App