१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनसेललाई 'फ्रोस्ट एन्ड सलिभन अवार्ड'

काठमाडौं- मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले लगातार दोस्रो वर्ष पनि फ्रोस्ट एन्ड सलिभन नेपाल मोबाइल सेवा प्रदायक २०१६ अवार्ड हात पारेको छ। एसिया प्रशान्त क्षेत्रमा प्रख्यात रहेको अवार्ड अन्तर्राष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एन्ड सलिभनले प्रदान गरेको हो।

एशिया प्रशान्तको अटोमोटिभ, उर्जा, भवन निर्माण तथा पर्यावरण, स्वास्थ्य सेवा र सूचना तथा सञ्चार प्रविधिलगायत क्षेत्रमा कार्यरत हजारौ कम्पनीमध्ये सबैभन्दा राम्रो अभ्यास गर्दै आएको संस्थालाई उक्त अवार्ड प्रदान गर्दै आएको छ। कम्पनीले ग्राहक संख्या, मोबाइल सेवाको आम्दानी, प्रतिग्राहक मिश्रित औसत आय लगायत मूल्यांकन गर्दै पुरस्कार प्रदान गर्ने गरेको छ।

अवार्ड प्राप्त गरेपछि कम्पनीका प्रबन्ध निर्देशक साइमन पर्किन्सले अवार्ड प्राप्तिले कृतज्ञ बनेको बताए। 'ग्राहकको सेवामा ध्यान केन्द्रित गर्दै सञ्चार सेवाको आवश्यकतालाई परिपूर्ति गर्ने हाम्रो प्रयासले फेरि एकपटक अर्न्तराष्ट्रिय रुपमा सम्मान पाएको छ,' उनले भने, 'लगातार दोस्रो वर्षको यो सम्मानबाट कम्पनी प्रोत्साहित छ।' उनले एनसेलको नेटवर्कमा महŒवपूर्ण सुधार ल्याउन र थप सेवा देशभर पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे। एनसेलले सन २००४ देखि नेपालमा सेवा प्रदान गर्दै आएको जनाएको छ।

प्रकाशित: १ कार्तिक २०७३ ०३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App