१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सम्मेलन लगानीका लागि कोसेढुंगा बनोस् : दाहाल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलन कोसेढुंगा बन्ने सरकारको अपेक्षा रहेको बताएका छन्। शुक्रबारदेखि शुरु भएको तेस्रो लगानी सम्मेलनको समापन समारोहमा सम्बोधन गर्दै प्रचण्डले नेपालमा लगानी गर्ने वातावरण बनेकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन्।

‘अब नेपालमा लगानी गर्न कुनै समस्या छैन’, उनले भने, ‘नेपालमा लगानी गरेर उच्च प्रतिफल लैजान सकिन्छ। यसका लागि कानुनी आधार तय भैसकेका छन्।’ नेपालमा अहिले सबै प्रकारको सुधारबाट लगानीमैत्री वातावरण बनेको उनले बताए।  

सरकारले आर्थिक समृद्धिको लागि दर्जनौ सुधारको काम गरेको र लगानीका लागि सहज वातावरण तयार पारेको समेत बताए। जनशक्ति, प्राकृतिक स्रोत तथा साधनले लगानीकर्तालाई नेपाल सहज वातावरण बनेका उनको भनाइ छ।

‘छिमेकी मुलुकसँग गरिएको शुल्करहित भन्सार प्रक्रियाले पनि थप सहजीकरण गरेको बताए। उत्पादन बजारीकरणका लागि नवीन प्रयास गरिएको छ। उनले थपे, ‘नेपाल लगानीका लागि आकर्षक गन्तव्य हो।’ हामी लगानीकर्ताको सार्थक मागलाई सम्बोधन गर्न तयार छौं।’ 

वैदेशिक लगानी घरेलु लगानीलाई विस्थापित गर्ने नभई सहयोग गर्ने हिसावले हुनुपर्ने प्रचण्डले बताए। ‘म फेरि पनि जोड दिएर भन्न चाहन्छु नेपालमा लगानी गर्नको लागि आर्थिक वातारण बनेको छ, निश्चिन्त भएर लगानी गनोस्’, उनले भने।

समापन समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल लगानीको लागि नयाँ गन्तव्य बनेको बताए। ‘सम्मेलनको ऊर्जालाई कार्यान्वयनमा लैजान्छौं’, उनले भने, ‘सम्मेलन पछि पनि सोकेसका आयोजना अघि बढाउने समय छ।’ 

सरकारले अप्रिल २० सम्मलाई परियोजनामा प्रतिबद्धता जनाउन पाउने योजना अघि सारेको छ भने यस पछि प्रस्ताव परेका परियोजना मे ३१ सम्म छनोट हुनेछन्। यसपछि सरकारले परियोजनाका विषयमा निर्णय गर्नेछ। 

उद्योगपति तथा सांसद् विनोद चौधरीले संघीय व्यवस्थामा नेपाल गएको जानकारी गराउँदै प्रादेशिक हिसावले लगानी गर्ने आकर्षण बनेको बताए। ‘विश्व परिवेशमा नेपाल लगानीको लागि आकर्षक क्षेत्र बन्दै गएको र भावनात्मक कारणले पनि सीजीले आफ्नो केन्द्रीय कार्यालय नेपालमै राखेको हो’, उनले भने।  

प्रकाशित: १६ चैत्र २०७५ १४:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App