१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बन्दुकको लडाईले गरिबी र बेरोजगारी अन्त्य हुँदैन् : उपप्रधानमन्त्री यादव

जुम्ला – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले  बन्दुकको लडाईले नेपालको गरिबी र बेरोजगारी अन्त्य नहुने बताएका छन्। उनले समृद्ध नेपाल निर्माणका लागि विकासको लडाई आवश्यक रहेको बताए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्नातक तहको जनस्वास्थ्य कार्यक्रम उद्घाटनका लागि जुम्ला पुगेका स्वास्थ्यमन्त्री यादवले पत्रकार भेटघाटमा बोल्दै नेपालमा जनसंघर्षको माध्यमवाट परिबर्तन ल्याउन सकिनेमा जोड दिए। तर, बन्दुकले समृद्ध नेपालको सपना बुन्नु कोरा कल्पना मात्रै हुने उनको भनाई थियो।

विप्लव समुहलाई प्रतिबन्ध नगरिएको बताउँदै उनले उसका उच्छृंखल गतिविधीमा प्रतिबन्ध लगाइएको बताए। विप्लव समुहले लड्ने लडाई के का लागि ? उनले भने, ‘गणतन्त्र आइसक्यो। संघीयता कार्यान्वयनमा गइसक्यो। बिना बन्दुक देशमा परिवर्तनको खाचो छ। बन्दुकको लडाई अन्तिम लडाई हो। बन्दुक उठाउनुपर्ने अहिले जरुरी छैन्।’

बन्दुकले समाजवाद नआउने बताउँदै उपप्रधानमन्त्री यादवले न्यायोचित विकास र वितरणले मात्रै समाजवादको कल्पना गर्न सकिने बताए। उनले भने, ‘विप्लव समुहको स्पष्ट गन्तव्य छैन्। उसको क्रियाकलापप्रति नेपाली जनता कन्भिन्स छैनन्। लडाईको सपना देख्नु भन्दा हिंसारहित नेपाल बनाउन शान्तिपुर्ण क्रियाकलापमा आउँदा उपयुक्त होला।’

यादवले कर्णाली जलविद्युत, जडिबुटी र पशुपालनले मात्रै समृद्ध बन्ने बताए। यहाँको सुन्दरताले दुनियाँलाई आकर्षण गर्ने बताउँदै उनले जसका लागि सवल नेतृत्वको आवश्यकता रहेको बताए। कर्णाली जहिल्यै पनि पछि पर्यो। यहाँका नेतृत्व पनि चुनाव लड्न मात्रै आउने, घर काठमाडाैं बनाउनमै केन्द्रित रहे। राज्य चलाउने निकायमा कर्णाली पुग्न सकेन्। त्यहि भएर वर्षौदेखि उपेक्षामा पर्यो।

‘अहिले पनि कर्णालीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको मानसिकतामा काठमाडाैंमा लगानी हुनु समग्र नेपालको लागि नै होला भन्ने छ। यो गतल हो’, उपप्रधानमन्त्री यादवले भने, ‘विभेदकारी नितिकै कारण कर्णाली र मधेश राज्यको आखाँमा पर्न सकेन्। अब पिछडिएको कर्णाली र मधेश संघीयताले समृद्ध बनाउँछ।’ उपप्रधानमन्त्री यादवलाई जुम्लाका युवाले कर्णाली प्रदेशमा क्यान्सर अस्पताल स्थापना गर्न माग समेत गरेका छन्। 

प्रकाशित: १६ चैत्र २०७५ ०७:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App