विचार

लगानी सम्मेलनको औचित्य

शनिबार, १६ चैत २०७५, ११ : २१ डा. बद्री पोख्रेल

अहिले देशमा लगानी सम्मेलन भैरहेको छ। यसको मुख्य उद्देश्य लगानीकर्ताको मन जितेर विशेषतः वैदेशिक लगानी बढाउनुु हो। लगानी सम्मेलन २ वर्षअगाडि पनि भएको थियो। त्यसवेलाका सहभागीहरूले १४ खर्व लगानी आउने प्रतिवद्धता जनाएका थिए। तर त्यो भएन। किन भएन भनेर आत्ममूल्याङ्कन नगरेकै अवस्थामा अर्को लगानी सम्मेलन भएको छ।

सम्मेलनमा ४६ वटा सरकारी र १७ वटा निजी क्षेत्रका गरेर शो केशमा रहेका ६३ परियोजना प्रस्तुत गर्ने र ३० खर्व जुुटाउने कुुरा प्रकाशमा आएको छ। नेपाललाई सन् २०२२ सम्ममा अति कम विकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्न र सन् २०३० सम्ममा संयुुक्त राष्ट्रसंघले तय गरेको दिगो विकासको लक्ष्य भेट्टाउनु स्वदेशी पूूँजी कुनै पनि हालतमा पर्याप्त हुँदैन, वैदेशिक लगानी अपरिहार्य छ।

लगानी मायाले आउने वस्तुु होइन। लगानीकर्ताहरू दान दिन आउने होइनन्। लगानी भनेकै अहिले खर्च गरेर भोलि नाफा गर्ने व्यवसाय हो। प्रतिस्पर्धामा घुुमिरहने लगानी कारोवारको चक्र पूूँजीको सुुरक्षा र नाफाको निश्चितता भएको ठाउँमा अडिन्छ। विकासका लागि यो प्रभावकारी औजार पनि हो। 

हाम्रो काम गराइको गति, बोलेका वाचा र दिइएका विश्वासहरू पुुरा गर्न सकिएको छैन। हामीले गरेका वाचा र जनाएका प्रतिवद्धता पुुरा नभएका विषयलाई लिएर प्रश्न उठ्नेछन्। प्रश्नहरुको स्पष्ट जवाफ दिनुु पर्ने हुुन्छ। जवाफ दिन नसकेकै कारण दुुई वर्षअगाडि प्रतिबद्धता जनाएको रकमको एकतिहाई पनि आएन। बरु लगानीका योजनाहरूले आफ्नो आकार साघ'रो बनाए, कतिले लगानी गर्न नसक्ने खबर गरे।

कमजोरीहरु
सुुरक्षा –सुुरक्षा भन्नाले लगानी–आयोजनाको सुुरक्षा र त्यसबाट आर्जन हुुने नाफा÷व्याजको सुुरक्षालाई बुझाउँछ। आयोजनाको सुुरक्षा देशको राजनैतिक स्थायित्व, सरकारमा संलग्न राजनैतिक दलहरुको विकास साझेदारी, स्थानीय जनताको सहभागिता जस्ता कुुराले स्पष्ट पार्छ भने नाफा÷व्याजको सुुरक्षा ऐन कानूूनको व्यवस्था र सरकारको उदारता परिचयबाट स्पष्ट हुुन्छ। अहिले नेपालमा सुुरक्षा चुुनौतीमा देखिएको विप्लव माओवादीको चरित्र, विपक्षी दलको सहभागिता, लगानीकर्ताले अपेक्षा गरेअनुुसार ऐन कानूूनको तर्जुुमा र सरकारले पूूर्वाधार निर्माणमा निश्चितता प्रदान गरेका विजुुली, सडक आदिको निर्माण नहुुनुु हो।

एकद्वार प्रणाली– प्रशासनिक सरलता वैदेशिक लगानी आकर्षणको अर्को भ¥याङ हो। अतिरिक्त आर्थिक लाभ नभै कर्मचारीले काम गर्दैनन् भन्ने सन्देश विश्वव्यापी भएको छ। मेलम्ची आयोजना पूरा हुुुुन नसक्नुुमा करौंडौंले नपुुगेर अर्वौं घूूस खान खोजेको विषय स्वयं ठेकेदार कम्पनीबाट बाहिर आउँदा पनि कसैलाई जिम्मेवार देखाउन नसक्नुु, कारवाही नहुुनुु जस्ता कुुराले सम्भाव्य लगानीकर्ताहरू त्रसित नहुुने कुुरै हुुँदैन। त्यसबाहेक एउटा मन्त्रालयमा लाइसेन्स लिन र अर्के मन्त्रालयमा पूूर्वाधार निर्माण गराउन धाउनुु पर्ने परिस्थितिलाई लगानीकर्ताहरूले नजिकैबाट नियालिरहेका हुुन्छन्। ती सबैलाई एउटै छानामुुनि राख्न नसक्नुु र बोलेको पुुरा नगर्नुु हाम्रो कमजोरी हो।

व्यवसाय र राजनीति छुुट्टै विषय हो। दुुवैको सफलता एक अर्काको सहयोगमा निर्भर हुुने गर्छ। सम्पन्न देशहरूमा दृश्य रूपमा राजनीति र व्यवसाय छुुट्टिन्छ तर विकासोन्मुुख देशमा  व्यवसायीहरूले नै राजनीति र राजैतिक नेताहरूले नै व्यवसाय गरिरहने भएकाले राजनीति र व्यवसायलाई छुुट्याउन कठिन हुुन्छ। नेपालमा त यसका उदाहरण अनन्त छन्। पार्टी र व्यक्तिले सँगसँगै राजनीति गरेका छन्। अस्पताल, बैंक, कलेज, होटल जस्ता व्यवसाय पनि सँगै चलाएका छन्। यस्तो अवस्थामा शुुद्ध मनले लगानी गर्नेहरुलाई आकर्षित गर्न सकिँदैन। आएकै लगानीकर्ता पनि सहयोगका विभिन्न खोल ओढेर आएका हुुन्छन्। सहयोगका नाममा गरिबीका दलाल वनेर आउनेहरूसँग बच्नु पर्दछ। निर्माण गर्ने नाममा दशकौंसम्म इजाजतपत्र खल्तीमा हालेर हिँड्नेबाट जोगिनुु पर्दछ।

संसारका सबै देशले बुझिसकेका छन् कि वैदेशिक लगानी समृद्धिका लागि प्रभावकारी औजार भए पनि अपरिहार्य भने होइन। अपरिहार्य त उपयुुक्त योजना, कामको वातावरण, कानूनी राज्य प्रणाली, समान दण्ड–पुुरस्कार, सरल र सहज सुुविधा एवं सुुरक्षित लगानी वातावरण नै हो। स्वस्फूूर्त जनजागरण पैदागर्न सक्नुु नै समृद्धिको अचूूक औषधी हो। थप लगानी प्राप्तगर्न अर्थतन्त्रको क्षमतालाई पनि बढाउन सक्नुुपर्छ। लगानी क्षमता योजनाकारको दीर्घकालीन सोच, सरकार–प्रशासनको नीति र पारदर्शिताबाटै बढ्न सक्छ। त्यो नहुुँदा विदेशी लगानीले देश समृद्ध हुुनेभन्दा जनताको काम गर्ने वानी हराउने, परावलम्बी बन्ने, देखासिकी प्रभाव फैलाउने जस्ता डर सिर्जना हुुनसक्छ।

लगानीका लागि अनुुकूूल पक्षहरू
भूूगोलको परिधिमा अत्यन्त सानो, विश्वको कूूल भूूभागको ०.०३ प्रतिशत आकारमा रहेपनि नेपाल प्राकृतिक वातावरण र जैविक विविधताको दृष्टिले समृद्ध मुुलुुकमध्येमा पर्दछ। औसत ८५० किमी लम्बाइ र २०० किमी चौडाइको देश भए पनि संसारका अग्ला हिमाल, प्रचूूर पानी, ८०० भन्दा वढी किसिमका चराचुुरुङ्गी, पुुतली, समुुद्र सतहबाट २०, २५ मिटरमात्र उचाइको भूूभाग, विविधतालाई प्रदर्शन गराउने जनावर नेपालका प्रकृतिक सम्पन्नताका नमूूना हुुन्। २०० किमीको चौडाइभित्र शीत, उष्ण, शीतोष्ण सबै किसिमको हावापानी÷मौसम र मौसम अनुुसारका जीवजन्तुु, रुखविरुवा घाँस फल नेपालका प्राकृतिक सम्पत्ति हुुन्। धेरै किसिमका वनस्पति र वनौषधीको स्रोत हुुनुुको साथै लागत नभएका अमूूल्य जडीबुटीको देश पनि हो। पानी, हिउँ, हावाको प्रयोग जति गरे पनि हुुने देश हो। भएका सम्पत्तिको प्रयोग र उपयोगमा मात्र ध्यान आकृष्ट गर्नसकेमा पनि नेपालमा विकास गर्न र समृद्ध नेपाल र खुुसी नेपाली वनाउन अरु तिक्डम गर्न आवश्यक हुँदैन।

९५ प्रतिशतभन्दा बढी जनमत एवं सवैजसो राजनैतिक दलहरुको सहमतिबाट नयाँ संविधान लागुु भएको छ। संविधान अनुुसार तीनै तहमा निर्वाचन सम्पन्न भएर सरकार गठन भैसकेको छ। संघीय संसदमा दुुई तिहाई बहुुमत भए अनुुसारको दलले सरकार बनाइसकेको छ। सात प्रदेश मध्ये ६ वटामा एउटै दलको सरकार छ। स्थानीय सरकारमा पनि एउटै राजनैतिक दलको बहुुमत छ। त्यसवाहेक पनि दुुई ठूूला कम्युुनिष्ट दलहरू एक भएका छन्। विपक्षी दलको विरोध नगण्य छ। राजनैतिक स्थीरता कायम भएको समाचार देशविदेशका समाचार संस्थाहरूले मुुक्तकण्ठले फिँजाइरहेका छन्। अहिलेको सरकारलाई राणा शासनकाल पछिको बलियो सरकारका रुपमा हेर्ने गरिएको छ।

नेपाल एसियाको मात्र नभै विश्वमै ठूूला उदियमान अर्थतन्त्रको बीचमा छ। चीन विश्वभर नै न्यूून लागतमा वस्तुु उपलब्ध गराउनेमा पर्दछ भने भारत मानवीय न्यूूनता पूूर्तिका सरसामानदेखि विश्वमै अपरिहार्यसिद्ध भएका सफ्ट्वेर निर्माण र विक्रीमा स्थापित भएको देशमा पर्दछ। संसारको सवैभन्दा ठूूलो अर्थतन्त्र भएको अमेरिकालाई पनि अर्वौं डलरको व्यापार घाटा गराउन सक्ने चीन, नुनदेखि सुुन सम्मको कारोवारमा पूरै निर्भर हुुनुु पर्ने भारत हाम्रा छिमेकी छन्। ती दुुवै देश व्यापार विस्तार गर्ने बाटो (रुट), नीति नियम र सहज लेनदेन (एक्स्चेञ्ज)को खाजीमा तीव्र र तल्लीन छन्। नेपाल पञ्चशीलको सिद्धान्तलाई राजनीतिको मुुटुु बनाएको देश भएकाले विश्वव्यापार संगठनको नियम र अहस्तक्षेप सिद्धान्तलाई समायोजन गराएर आफ्नो अर्थतन्त्रलाई सबल र अनुुकूूल बनाउन सक्ने अवस्थामा छ।

अन्तमा, लगानी मायाले आउने वस्तुु होइन। लगानीकर्ताहरु दान दिन आउने होइनन्। लगानी भनेकै अहिले खर्च गरेर भोलि नाफा गर्ने व्यवसाय हो। प्रतिस्पर्धामा घुुमिरहने लगानी कारोवारको चक्र पूूँजीको सुुरक्षा र नाफाको निश्चितता भएको ठाउँमा अडिन्छ। विकासका लागि यो प्रभावकारी औजार पनि हो। त्यो औजार अहिलेको दुुनियाँमा भुुत्ते छैन। औजारले आफू प्रयोग हुुने ठाँउ, वातावरण, आवश्यकता अवश्य हेर्दछ। त्यति मात्र नभएर यसले अधिमूूल्यन/अवमूूल्यनको सम्भावनालाई पनि हेर्दछ। विशेषतः हिजोको सम्मेलनमा गरिएका वाचा पूरा भए नभएको पनि सूूक्ष्म विश्लेषण गर्ने भएकाले सम्मेलन गर्न मात्र हौसने नगरेर प्रतिबद्धता पूरा भएको प्रमाण पस्कन सक्नुु पर्छ। काम गर्नलाई रकम खाँचो नहुुने दृश्य यस अघिका सम्मेलनले दिइसकेका छन्।






यसमा तपाईको मत

अन्य समाचार

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणको निक्षेपमा खेलवाड नगर्न आदेश दिएका छन् । ...

Ncell Footer Ad