१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
भिडियो

सार्वजनिक स्थलमा सूर्तिजन्य सामग्रीको प्रयोगमा नियन्त्रण कहिले ?

काठमाडौं – नेपाल सरकारले सार्वजनिक स्थलमा कोहि कसैले धूमपान गर्न नपाइने, सार्वजनिक स्थलको १ सय मीटर  भित्र सूर्तिजन्य पदार्थको बिक्री गर्न नपाइने, १८ वर्षमुनिका व्यक्तिले यस्ता सामग्री किनबेच  गर्न नपाउने लगायतका नियन्त्रण र नियमन गर्न ऐन ल्याएको पनि ७ वर्ष बितिसकेको छ । यस अभियानलाई पूर्णता दिन काठमाडौँ महानगरपालिकाले पनि नियन्त्रण र नियमन गर्न होस्टेमा हैसेका साथ अगाडी बढेको थियो तर अझै पनि व्याबहारिक रुपमा कार्यान्वयनमा भने  आउन सकेको छैन ।

सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ प्रयोगकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर जरिवाना समेत तिराउने गरिएको  थियो तर पछिल्लो समय सो व्यबस्थाको  कार्यन्वयन पक्ष भने निकै  फितलो हुँदै गएको देखिएको छ।अर्कोतर्फ सूर्तिजन्य पदार्थ सेवनले अन्य व्यक्तिलाई समेत असर पार्ने भएता  पनि त्यस प्रति  सर्वसाधारणले पनि खासै  चासो नदिएको पाइएको छ ।

सूर्तिजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छ  तर पनि मानिसहरु यसको कुलतमा फसिरहेका छन्  र निर्विवाद रुपमा सेवन गरि रहेका हुन्छन्.  एकातिर सरकारले सूर्तिजन्य पदार्थलाई व्यवस्थित गर्न  कानुन नै बनाएपनि त्यसको कार्यान्वयनका लागि नियमन निकाय कमजोर हुनाले यो प्रभावकारी हुन सकेको छैन. तसर्थ यसको प्रयोगले हुने नकारात्मक असरलाई समेत ध्यान मा राखी जनचेतना मूलक कार्यक्रम  हरु लाई व्यवस्तित रूपमा अगाडी बढाउदै ऐन कानून लाई कडा रूपमा कार्यन्वयन गर्न सम्बन्धित निकायमा ध्यान जान अत्यन्त आवश्यक देखिन्छ। 

प्रकाशित: १६ चैत्र २०७५ ०१:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App