१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

स्वर्ण विजेता अजित सम्मानित, खेलाडीलाई पिनाकल कलेजको छात्रवृत्ति

ललितपुर – ललितपुरको पिनाकल कलेजले सि डिभिजन लिग विजेता खालिबारी युवा फुटबल क्लबका खेलाडीलाई अध्ययनका लागि १० लाख बढीको छात्रवृत्ति दिने भएको छ। शुकवार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा खालिबारीले प्लानिङ ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेर सि डिभिजन लिगको उपाधि जितेको थियो। 

शुक्रबार नै बसेको पिनाकल कलेज ब्यबस्थापन समितिको बैठकले सि डिभिजन लिग विजेता खेलाडीलाई दश लाख भन्दा बढीको छात्रवृत्ति दिने निर्णय गरेको कलेजका अध्यक्ष शरद न्यौपानेले जानकारी दिए। त्यसैगरी कलेजले क्लबको विकासका लागि पनि साढे दुई लाख बाराबरको नगद सहयोग समेत गर्ने निर्णय गरेको छ। 

बैठकले तेस्रो एसियन युथ एथलेटिक्स च्याम्पियनशिपमा स्वर्ण विजेता अजितकुमार यादबलाई बिएको सबै पढाईमा पूर्ण छात्रवृत्ति दिने निर्णय गरेको कलेजका प्रन्सिपल ऋषि तिवारीले जानकारी दिए। यसैबीच पिनाकल कलेजमा १२ कक्षामा अध्ययनरत अजितको सम्मानमा शुक्रबार विशेष कार्यक्रम आयोजना गरिएको थियो। शिक्षा, विज्ञान तथा  प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले अजितलाई नगद ५० हजार प्रदान गरेका थिए।

प्रकाशित: १५ चैत्र २०७५ १५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App