माथिल्लो त्रिशूली थ्री ‘ए’को बाँधस्थलको परीक्षण सफल

शुक्रबार, १५ चैत २०७५, १५ : १२ नागरिक

नुवाकोट–  रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा भएसँगै विद्युत् उत्पादनका लागि थालिएको परीक्षण सफल हुँदै गएको छ। 

आगामी वैशाख १७ गतेदेखि विद्युत् उत्पादन थाल्ने लक्ष्य लिएको आयोजनाले यही चैत १ गतेदेखि शुरु गरेको बाँधस्थलको परीक्षण बिहीबार सम्पन्न गरेको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिए।

विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पका कारण सबैभन्दा बढी क्षति पुगेको उक्त आयोजनाको बाँधस्थल पुनःमर्मत गरेर सञ्चालनमा ल्याइएको थियो। आयोजनाको बाँधस्थलको परीक्षण सफल भएसगैँ तोकिएको समयमा विद्युत् उत्पादन हुने वातावरण निश्चिततातर्फ लम्किएको आयोजनाका उपप्रबन्धक सत्यराम ज्याख्वाले बताए।

उनले भने, 'भूकम्पले क्षति पु-याएपछि मर्मत गरेर सञ्चालनमा ल्याइएकाले बाँधस्थलको परीक्षण चुनौती थियो, तीन वटा ढोकामार्फत थुनिएको पानीले सहजै डि–सेन्टरमा प्र्रवेश गरेको छ, यो सुखद पक्ष हो।' बाँधस्थलको परीक्षणअन्तर्गत थुनिएको बाँध करीब ४८ घण्टासम्म परीक्षण गरिने आयोजनाको निर्माण गरिरहेको चाइना गेजुवा गु्रप अफ कम्पनी (सिजिजिसी)ले जनाएको छ।

आयोजनाको सिभिल (भौतिक) संरचना निर्माणपश्चात् करीब ४५ दिनको परीक्षण अवधिको यस समयमा दोस्रो चरणअन्तर्गत अर्को सातादेखि डि–सेन्टर हुँदै सुरुङ मार्गको परीक्षण गर्ने योजना छ। असारसम्ममा निर्माण सम्पन्न गर्ने योजनाका साथ तीव्र गतिमा भइरहेको कार्यअन्तर्गत आयोजनाको समग्र काम हाल ९० प्रतिशतभन्दा बढी पूरा भएको छ। 

आयोजनाको सिभिलतर्फ ९८ प्रतिशत, इलेक्ट्रोमेकानिकलतर्फ ७५ प्रतिशत र हाइड्रोमेकानिकलतर्फ ८८ प्रतिशत एवं प्रशारण लाइन विस्तारको कार्य ९५ प्रतिशत सम्पन्न भइसकेको छ। उक्त आयोजनाबाट ३० मेगावाट बिजुली आगामी वैशाख १७ मा पहिलो युनिटबाट उत्पादन शुरु गर्ने लक्ष्य छ। तीस मेगावाट क्षमताको दोस्रो युनिट आगामी असार १५ गते सञ्चालनमा ल्याउने गरी हाल इलेक्ट्रोमेकानिकलको कामलाई तीव्र बनाइएको छ। 

सन् २०११ जुनदेखि सिजिजिसी कम्पनीले उक्त आयोजनाको निर्माणको काम थालेको थियो। निर्माणका लागि उक्त कम्पनीसँग इञ्जिनीयरिङ, प्रोक्युरमेन्ट एवं कन्स्ट्रक्सन (इपिसी) अवधारणामा सम्झौता भएको थियो। इपिसी मोडेलमा निर्माण गरिएको नेपाल विद्युत् प्राधिकरणको यो पहिलो जलविद्युत् आयोजना हो। क्षमता वृद्धि, विभिन्न मागमा स्थानीयवासीको अवरोध र विनाशकारी भूकम्प तथा भारतीय नाकाबन्दीको प्रभावले तोकिएभन्दा चार वर्ष ढिलाइ गरी आयोजना निर्माण अन्तिम चरणमा पु-याइएको छ।

यसबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनसम्म जडानका लागि त्रिशूली–काठमाडौँ २२० केभी ‘डलब सर्किट’ प्रशारण लाइन निर्माणको समन्वयन र व्यवस्थापनको जिम्मेवारी थ्री ‘ए’मार्फत भइरहेको छ। उक्त कार्य हाल ९५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ। आयोजनामा सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहने गरी चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा एक्जिम बैंक र चीनले वित्तीय व्यवस्थापन गरेको छ। 

आयोजना निर्माणको लागत १२ करोड ५७ लाख अमेरिकी डलर प्रक्षेपण गरिएको छ। भूकम्पले बाँधस्थल, पहुँच मार्गलगायतमा धेरै क्षति पु-याएको उक्त आयोजनाको मुख्य संरचना निर्माणमा निर्माण व्यवसायी पक्षलाई हालसम्म कुनै ‘भेरिएशन’ दिइएको छैन। भूकम्पले आयोजनाको बाँधस्थलसम्म पुग्ने पहुँच मार्गमा पु-याएको क्षतिको पुनःनिर्माण र त्यहाँ दीर्घकालीनरुपमा पहिरो रोकथामसम्बन्धी कार्यका लागि भने मन्त्रिपरिषद्को निर्णयअनुुसार नेपाली सेनाबाट काम भइरहेको छ। पहिरो रोकथामको कार्य सेनाले अन्तिम चरणमा पु-याएको छ। 

त्रिशूली नदीको पानीबाट ‘रन अफ रिफर’ मोडलमा निर्माण भएको यस आयोजनाबाट वार्षिक ४८९।७६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने लक्ष्य छ। आयोजना पूर्णरुपमा सञ्चालन आएपश्चात् यहाँबाट उत्पादन हुने विद्युत्बाट वार्षिक करीब तीन अर्ब रूपैंया आम्दानी गर्नेछ। त्रिशूली नदीस्थित रसुवाको डाँडागाउँमा बाँध बनाएर नुवाकोटको मनकामनामा उत्पादनगृह रहेको आयोजनाको निर्माण सबै भूमिगत (पहाड भित्र) बनाइएको छ। 

आयोजनाबाट साढे आठ महीना पूर्णरूपमा ९६० मेगावाट विद्युत् उत्पादन हुनेछ। ‘क्यू सेभेन्टी’ मोडलमा निर्माण गरिएकाले आयोजनामा गरिएको लगानीको तुलनामा आम्दानी राम्रो लिन सकिने देखिएको छ। 'कूल उत्पादनको ४६।६ प्रतिशत विद्युत् सुक्खायाममा उत्पादन हुने भएकाले मुलुकका लागि आवश्यक विद्युत् परिपूर्ति गर्न यस आयोजनालाई महत्वका रुपमा हेरिएको छ', आयोजनाका उपप्रबन्धक ज्याख्वाले भने। 

उनका अनुसार यो आयोजना सम्पन्न भए पश्चात सहायक योजना (क्यासकेड) मार्फत ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजना सञ्चालनमा ल्याउन निर्माण कार्य अघि बढाइएको छ। थ्री ‘बी’लाई तीन वर्षभित्र पूरा गर्नेगरी गत फागुनदेखि निर्माण थालिएको छ। (रासस)






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

Ncell Footer Ad