१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बसको ठक्करले पैदलयात्रीको मुत्यु

तनहुँ । दुलेगौँडा बजारमा सडक पार गर्ने बसले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।

बिहीबार दिउँसो पोखराबाट दमौलीतर्फ जाँदै गरेको ना६ख ८४११ नम्बरको बसको ठक्करबाट शुक्लागण्डकी नगरपालिका–५ सिलामघारीकी ७० वर्षिया वृद्धा सावित्री खत्रीको मृत्यु भएको हो। 

गम्भीर घाइते उनलाई दुलेगौंडास्थित तनहुँ सेवा हस्पिटलमा सामान्य उपचार गरी थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनास्थलमा खटिएको प्रहरीले ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। 

 

प्रकाशित: १४ चैत्र २०७५ ११:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App