१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

टी–२० ट्रफीको प्रायोजक गल्फ

काठमाडौं – तेस्रो सहिद कप टी–२० ट्रफीको प्रायोजकमा अन्तर्राष्ट्रिय गल्फ आयल इन्टरनेसनलको आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेड रहेको छ। यो प्रदेश नं २ मा भइरहेको क्रिकेटको प्रमुख प्रतियोगिता हो। प्रतियोगिता वर्षैपिच्छे आयोजना हुने गर्दछ। 

यस वर्ष चैत ११ देखि १९ गतेसम्म जनकपुरमा आयोजना भइरहेको छ। यसले युवा वर्गलाई खेलको आवश्यकता, मूल्य तथा महत्वबारे विशेष योगदान दिने विश्वास लिइएको छ। नेपालमा गल्फ एक स्थापित ब्रान्ड हो।

यसले नेपालमा हुने  फुटबल र क्रिकेटका विभिन्न प्रतियोगिता प्रायोजनसमेत गर्दै आएको छ।  कम्पनीले चेन्नई सुपर किङ, म्यानचेस्टर युनाइटेडजस्ता अन्तर्राष्ट्रिय टिम तथा प्रतियोगितामा समेत साझेदारका रूपमा रहँदै आएको छ। गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट उत्पादक कम्पनी हो। 

 

प्रकाशित: १४ चैत्र २०७५ ०४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App