एक महिनामै ४ करोड निकासा

रकमान्तर गरेर मन्त्री र पिएलाई तलब

बिहिबार, १४ चैत २०७५, ०७ : ५३ भुवन शर्मा

काठमाडौं - अर्थ मन्त्रालयले १२ मन्त्री र तिनका स्वकीय सचिवालयमा कार्यतरत स्वकीय सचिव तथा सचिवालयमा कार्यरत कर्मचारी(आफन्त) हरूलाई तलब दिन फागुनमा मात्र करिब ४ करोड रुपैयाँ निकासा गरेको छ। अर्थले मन्त्री र तिनका स्वकीय सचिवालयमा कार्यरत कर्मचारीरूका लागि ३ करोड ७२ लाख रुपैयाँ निकासा गरेको हो।

मन्त्री र तिनको स्वकीय सचिवहरुलाई तलव खुवाउने पैसा नभएपछि अर्थ मन्त्रालयले अर्को शीर्षको पैसा रकमान्तर गरेर निकासा गरेको मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले मन्त्रीको स्वकीय सचिवालयमा कार्यरत कर्मचारीहरूका लागि रकमान्तर निकासा गर्ने प्रक्रिया नियमति प्रक्रिया अन्तर्गत रहेको बताउँदै भने, ‘सचिवलायमा कार्यरत कर्मचारीहरूका लागि तलव दिन अपुग भए रकमान्तर गर्नेे गरिन्छ। जुन नियमित प्रक्रिया हो।’

मन्त्रालयका अनुसार सबैभन्दा बढी रकम उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको सचिवालयका लागि रकमान्तर गरिएको छ। मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्रालयका लगि ६३लाख ५३ हजार ७सय ४ रुपैयाँ निकासा गरिएको छ। स्वास्थ्य मन्त्रालयपछि संस्कृति तथा पर्यटन मन्त्रालयमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको स्वकीय सचिवालयमा कार्यरत कर्मचारीलाई तबल दिन निकासा गरिएको छ। पर्यटन राज्य मन्त्रालयकोलागि मात्र ४५लाख ९५ हजार १सय ७४ रुपैयाँ निकासा गरिएको छ।

यसैगरी युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माकोलागि ३०लाख ६० हजार तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाका लागि २४लाख ९३हजार रुपैयाँ निकासा गरिएको अर्थले जनाएएको छ। महिला तथा बालबालिका मन्त्री थममाया थापाको सचिवालमा कर्मचारीलाई तलब दिन २७लाख २८ हजार रकम निकासा गरिएको मन्त्रालयले जनाएको छ।

कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालको सचिवालयका लागि ३०लाख ५८ हजार तथा वन तथा वातावरण मन्त्री शक्ति बस्नेतको सचिवालयका लागि ३१लाख ५८ हजार रुपैयाँ निकासा गरिएको अर्थले जाएको छ। खानेपानी मन्त्री वीना मगरको सचिवलायकोलागि ३१लाख ८ हजार तथा भौीतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठकोलागि २२लाख ५८ हजार रुपैयाँ रकमान्तर गरिइएको छ।

अर्थका अनुसार शहरी विकास मन्त्री इस्तिायक राइको सचिवालयकोलागि २७लाख ५८हजार तथा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको सचिवालयकोलागि ३४लाख १९हजार रुपैयाँ निकासा गरिएको अर्थले जनाएको छ।

एक जना मन्त्रीले स्वकीय आफ्ना सचिवालयमा ७ जनासम्म कर्मचारी भर्ना गर्न पाउछन्। मन्त्रीको स्वकीय सचिवालयमा नियुक्त हुने कर्मचारीहरूमा उपसचिव देखि कार्यालय सहयोगीसम्म राख्न पाउने व्यवस्था छ। उनीहरूको तलब सुविधा निजामती कर्मचारी सरह हुने व्यवस्था छ। मन्त्रीले आफ्नो स्वकीय सचिवालयमा नियुक्त गर्ने अधिकांश कर्मचारी मन्त्रीकै आफन्त र कार्यकर्ता हुने गरेका छन्। आर्थिक वर्ष सिद्धिन लाग्दा अधिकांश मन्त्रालयहरूले मन्त्री तथा मन्त्रीको सचिवालयमा कार्यरत कर्मचारीहरूलाई तलब, सुविधा दिन रकम अपुग भएको भन्दै अर्थ मन्त्रालयसँग वजेट माग्ने गर्छन।

एक महिनामै एक करोड आर्थिक सहयाता
अर्थ मन्त्रालयका अनुसार फागुनमा मात्र सरकारले करिब १ करोड रूपैयाँ विभिन्न व्यक्तिलाई आर्थिक सहयायाता बाढेर सिद्धयाएको छ । आर्थिक सहयाता पाउनेहरूमा अधिकांश पहुँचवाला व्यक्ति रहेका छन्। मन्त्रिपरिषद्को बैठकले निर्णय गरी सरकारले कनै व्यक्तिलाई आर्थिक सहायता दिन सक्ने व्यवस्था छ । मन्त्रिपरिषद्को निर्णय अनुसार अर्थले फागुनमा एकै दिन ४२ लाख ८० हजार रुपैयाँ विभिन्न व्यक्तिलाई आर्थिक सहायाता दिएको छ । आर्थिक सहयाता पाउनेहरूमा चितवनको भुवानीप्रसाद उपाध्यय, दाङका रोमहर्ष भण्डारी, बुढानिलकण्डका रामजी खत्री, स्याङ्जनका देवका बस्याल ,गोरखाका श्रीनाथ अधिकारी लगायका छन्।

यसैगरी गंगालाल श्रेष्ठको जन्मसताब्दी मनाउन भनी सरकालेले फागुनमा पुष्पलाल स्मिृति प्रतिष्ठान क्रितीपुरलाई ५लाख आर्थिक सहयता दिइएको छ। यसैगरी पर्साका पन्नलाल यादवलाइ उपचार खर्च गर्न भनी फागुनमा ६ लाख २० हजार आर्थिक सहयाता प्रदान गरिएकोमन्त्रालयले जनाएको छ । यसैगरी दैलेका नरवीर दमाइ लगायतका ४२ जनलाई औषधि उपचार गर्न सरकारले फागुनमा १०लाख आर्थिक सहयाता दिइएको अर्थले जनाएको छ।

अर्थका अनुसार फागुनमा सरकारबाट आर्थिक सहयाता पाउनेहरूमा गोरखाकी सुनिता रेग्मी, झापाका श्रीप्रसाद रेग्मी लागतयका छन् ।उनीहरूले २१लाख रुपैयाँ पाएका छन् । यसैगरी अर्थका अनुसार नेपाल दलित एकादमी, नेपाल भारत दलित मैत्री संघ लगायतका संघ संस्थालाई ४ लाख रुपैयाँ आर्थिक सहयाता प्रदान गरिएको छ । यसैगरी जुम्लाका धर्मानन्द न्यौपाने लगायतका ९ व्यक्तिलाई आर्थिक सहयाताको नाममा सरकारले २७ लाख रुपैया प्रदान गरेको अर्थले जनाएको छ । सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपाउने बताए पनि विभिन्न व्यक्तिलाई आर्थिक सहयाता दिने प्रवित्ति भने रोकिएको छैन ।








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad