१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुतेको ठाउँमा ट्रयाक्टरले किच्दा चालकको मृत्यु

सर्लाही - चिनी उद्योगमा उखु बोकेर आएको एक ट्रयाक्टरका चालकलाई अर्को ट्रयाकटरले किच्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्लाको दक्षिणी क्षेत्र बगदाहस्थित महालक्ष्मी सुगर मिलमा उखु लिएर आएको ना१त ६६६६ नम्बरको ट्रयाक्टर चालक २६ बर्से शम्भु महतोमाथि अर्को ट्रयाक्टर चढेको थियो। उद्योगमा पालो कुर्न सडकमै ट्रयाक्टर पार्किङ गरेर टेलरको मुनि सुतेका महतोलाई अर्को ट्रयाक्टरले किचेको प्रहरीले अनुमान गरेको छ। 

प्लास्टिक बिछ्याएर कम्बल ओढेर सुतेका महतोको टाउको किच्चिएको प्रहरीले जनाएको छ। मंगलबार राति साँढे १२ बजे थाहा भएको घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

प्रकाशित: १३ चैत्र २०७५ १३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App