१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आर्थिक वर्षको ८ महिनामा २ सय ३७ वटा मुद्दा फर्स्यौट

नुवाकोट- नुवाकोट जिल्ला अदालतमा आर्थिक वर्ष सुरु हुँदा २ सय ४९ वटा मुद्दा फर्स्यौट हुन बाँकी रहेका थिए। फागुन मसान्त सम्ममा ३ सय ८ वटा नयाँ मुद्दा थपिए।

नयाँ र पुराना गरि  ५ सय ५७ मुद्दा अदालतमा रहेकोमा फागुन मसान्त सम्ममा २ सय ३७ वटा मुद्दा फर्स्यौट भएको जिल्ला अदालत नुवाकोटले जनाएको छ। फर्स्यौट हुन बाँकी रहेका ३ सय २० मुद्दा मध्ये ६ महिना भित्रको १ सय ७६, १ वर्षसम्मको १ सय १, १८ महिना सम्मको ३३, २ वर्ष सम्मको ५ र २ वर्ष भन्दा अगाडि दर्ता भएका ५ वटा मुद्दा फैसलाको प्रक्रियामा रहेको जिल्ला अदालतको श्रेस्तेदार शिवप्रसाद बन्जराले बताए। 

“अदालमा अहिले १ सय ९३ वटा मुद्दा देवानी प्रकृतिको, ३७ वटा फौजदारी अभियोग लागेको, सरकारवादी मुद्दा ८५, पूनरावेदन परेर आएको ४ र रिट निषेधाज्ञा १ वटा मुद्दा फैसला हुन बाँकी रहेको छ,”बञ्जराले भने, “आर्थिक वर्षको ८ महिनामा हामीले ९१.५० प्रतिशत मुद्दाको किनारा लगाउन सफल भएका छौँ।”

मुलुकी देवानी (संहिता) ऐन २०७४ लागु भए पछि जिल्ला अदालतमा १ सय ३ वटा सम्वन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए। जसमध्ये महिलावादी भएर ६७ थान र पुरुषवादी भएर ३६ थान मुद्दा रहेका छन्। जसमध्ये पुरुषतर्फको ३ थान र महिला तर्फको ३८ थान मुद्दा फैसला भइसकेको श्रेस्तेदार बञ्जराले बताए। 

अदातलमा दर्ता भएका मुद्दाहरु कार्यतालिकाको आधारमा फैसला गर्ने गरेको न्यायाधीश ऋषिकेश वाग्लेले बताए। कार्यतालिकामा परेका कार्यहरु बाहिरी रुपमा नभइ इजलासमा नै उपस्थित भएर काम गर्दै आएको र जिल्ला अदालत नागरिककै भएकोले खुल्ला रुपमा अदालतको गतिविधिको बारेमा जानकारी लिन सकिने उनले बताए।

प्रकाशित: १३ चैत्र २०७५ १०:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App