१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एउटै छातामुनि संगठित भए कुशवाहा समाज

जनकपुर- आन्तरिक किचलोको कारण विभिन्न छ वटा गुटमा विभाजित कुशवाहा समुदायको जातीय संगठनले एकताको महाधिवेशन गरी एकजुट भएका छन्। आइतबार धनुषाको ढल्केवरमा सम्पन्न तीन दिवसीय महाधिवेशनले तपेश्वर महतोको अध्यक्षतामा ५१ सदस्यीय नेपाल कुशवाहा कल्याण समाज गठन भएको छ।

समाजका वरिष्ठ उपाध्यक्षमा राजाराम महतो (धनुषा), उपाध्यक्षमा परमानन्द मेहता (मोरङ), फुलकुमारी महतो (धनुषा), राकेश मेहता (पर्सा), मालती सिन्हा (काठमाडौं), सन्तकुमार मेहता (सुनसरी), उपेन्द्रप्रसाद कुशवाहा (सर्लाही) र जयप्रकाश महतो (मोरङ) चयन भए। 

त्यस्तै, महासचिवमा मनोजकुमार सिंह (सिरहा), उप महासचिवमा रामप्रकाश महतो (महोत्तरी), सचिवमा वीरेन्द्रकुमार मेहता (सुनसरी), कोषाध्यक्षमा महेन्द्र महतो (सर्लाही) र सहकोषाध्यक्षमा रामेन्द्रप्रसाद मेहता (सुनसरी) लाई चयन गरिएको छ। 

यसअघि कृपाराम मेहताले नेपाल कुशवाहा कल्याण समाज, विजयकुमार महतोले राष्ट्रिय कुशवाहा सेवा समाज, भरत महतोले नेपाल कुशवाहा महासंघ, मनाई महतोले कुशवाहा संघ, देवनारायण महतोले कुशवाहा बुद्धिजिवी सेवा समाज र कालेश्वर महतोले कुशवाहा बुद्धिजिवी कल्याण समाजगरी छुट्टाछुट्टै संगठन निर्माण गरी सञ्चालन गरिरहेका थिए। यो महाधिवेशनपछि एउटै छातामुनि सम्पूर्ण संघसंगठन केन्द्रीत भएको नवनिर्वाचित अध्यक्ष महतोले बताए।

प्रकाशित: ३० आश्विन २०७३ ११:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App