अख्तियारले थाल्यो ठूला घोटालामा छानबिन

बुधबार, १३ चैत २०७५, ०६ : ३८ मातृका दाहाल  | @Dahalmatrika

काठमाडौं – सत्तामा पहुँच भएका र प्रभाव जमाएका व्यापारीको स्वार्थ जोडिएका ठूला परियोजनामा आर्थिक अनियमितताको आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। राज्यलाई अर्बौं रुपैयाँ हानि–नोक्सानी पुग्नेगरी भएका आर्थिक अपचलनमाथि आयोगले अनुसन्धान थालेको हो।

आयोग उच्च स्रोतका अनुसार मेलम्ची खानेपानी आयोजना, नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद, निजी मेडिकल कलेजमा विद्यार्थीबाट बढी शुल्क असुली, नेपाल ट्रस्टको जग्गा भाडा, अकुत सम्पत्ति आर्जन लगायतमाथि विशेष छानबिन भइरहेको छ। मेलम्ची खानेपानी आयोजनाका लागि ३८ करोड रुपैयाँ भुक्तानीको विषयमा अख्तियारले खानेपानी मन्त्रालयबाट फाइल झिकाइसकेको छ।

त्यसैगरी वाइडबडी जहाज खरिदको फाइल पनि अख्तियारमा पुगिसकेको छ। वाइडबडी जहाज खरिदमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवादेखि पूर्व तथा बहालवाला मन्त्रीको संलग्नता भएको उजुरीमाथि अनुसन्धान जारी छ। पाँच सयभन्दा बढी व्यक्ति अकुत सम्पत्ति आर्जन अभियोगमै छानबिनको दायरामा छन्।

उनीहमाथि चलअचल सम्पत्ति बेचबिखनमा रोक लगाएर अनुसन्धान भइरहेको आयोग स्रोतको भनाइ छ। त्यस्तै मेलम्ची खानेपानी आयोजनामा बहालवाला मन्त्रीदेखि सत्तारुढ दलका शीर्ष नेताको स्वार्थ जोडिएको आशंकामा छानबिन जारी छ। नेपाल ट्रस्टको दरबारमार्ग, कमलादी र कालीमाटीको जग्गा निजी कम्पनीलाई सस्तोमा ३० वर्षका लागि लिजमा दिएको उजुरी पनि आयोगमा परेको छ।

मेलम्ची खानेपानी आयोजना, नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद, निजी मेडिकल कलेजमा विद्यार्थीबाट बढी शुल्क असुली, नेपाल ट्रस्टको जग्गा भाडा, अकुत सम्पत्ति आर्जन लगायतमाथि विशेष छानबिन भइरहेको छ।

नारायणहिटी दरबार संग्रहालयअगाडी रहेको नेपाल ट्रस्टको १ रोपनी १४ आना जग्गा ३० वर्षका लागि १ अर्ब ३९ करोडमा थामसेर्कु प्रालिलाई लिजमा दिइएको छ। लाक्पा सोनाम शेर्पा प्रमुख रहेको थामसेर्कु प्रालिलाई जग्गा लिजमा दिने ट्रस्टका पदाधिकारीमाथि छानबिन भइरहेको अख्तियार स्रोतले बताएको छ।

उक्त जग्गा २०७४ साउन देखि २१०४ साउनसम्म लिजमा दिने निर्णयमा संलग्न सचिवदेखि अन्य कर्मचारीसम्मलाई बयानका लागि बोलाउने आयोगको तयारी छ। त्यस्तै कमलादीस्थित नेपाल ट्रस्टकै नाममा रहेको २ रोपनी १४ आना र कालीमाटीस्थित २ रोपनी जग्गा ३० वर्षकै लागि क्रमशः ६० करोड र ४० करोडमा क्लिन डेभलपर्स प्रालिलाई लिजमा दिइएको फाइलमाथि पनि छानबिन भइरहेको अख्तियार स्रोतले बतायो।

‘राज्यलाई अर्बौं रुपैयाँ नोक्सानी हुँने गरी भएका निर्णयमा प्रधानमन्त्रीदेखि निजी कम्पनीका सञ्चालकसम्मको मिलेमतो हुने गरेको उजुरीमाथि विस्तृत छानबिन भइरहेको छ,’ उच्च स्रोतले नागरिकसँग भन्यो, ‘यी उजुरीसँग सम्बन्धित फाइल विस्तृत अनुसन्धानमा गइसकेको छ। जुनसुकै ओहदामा भए पनि गैरकानुनी र राज्यलाई नोक्सान हुने निर्णयमा संलग्न जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याइनेछ।’

पहुँच–प्रभाव र सत्ताको वरिपरि भएका ‘ठूला माछा’ जोडिएका कसुरको छानबिन नगरेको आरोप अख्तियारमाथि लाग्दै आएको छ। ‘राज्यको सम्पत्ति हानि–नोक्सानी तथा अकुत सम्पत्ति आर्जनमा सरकारमा भएका व्यक्तिदेखि तल्लो तहका कर्मचारी र बिचौलियाको संलग्नताका उजुरीमा छानबिन जारी छ,’ उच्च स्रोतले भन्यो, ‘अनुसन्धानलाई प्रभाव पार्ने कोसिस हुन सक्छ तर दबाबको सामना गरेर हामी सही निष्कर्षमा पुग्छौं।’

अख्तियारका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइराला छानबिनमा भइरहेका विषयबारे खुल्न चाहेनन् तर राज्यलाई हानि पुग्ने अनियमितता र घोटालाका सयौं उजुरीमा छानबिन भइरहेको उनले स्पष्ट पारे। प्रवक्ता कोइरालाका अनुसार अख्तियारमा परेका उजुरीमध्ये करिब ९ सय उजुरीमाथि प्रारम्भिक छानबिनपछिको विस्तृत अनुसन्धान थालिएको छ।

पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै ७८ लाख रुपैयाँ घुस असुलेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। आयोगले पाठकविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ उपदफा १ बमोजिम ७८ लाख रुपैयाँ बिगो, बिगोबराबर जरिवाना, कैद र पदमै रहेका बेला कसुर गरेको अभियोगमा दफा २४ बमोजिम थप सजाय माग दाबीसहित मुद्दा दायर गरेको हो।

आयोगल केही दिनअघि मात्रै पाठकसँग बयान लिएको थियो। मुद्दा दायर गर्दा पाठकलाई भने उपस्थित गराइएन। आरोपपत्र लिएर विशेष अदालत पुगेका अनुसन्धान अधिकृतले घुस लिनेलाई अदालतमा किन नबुझाएको भन्नेबारे बोल्न चाहेनन्। आयोगका प्रवक्ता पदीपकुमार कोइरालाले पनि पाठकलाई अदालतमा उपस्थित नगराइएको बारे बोल्न चाहेनन्।

अख्तियारको दाबी पुष्टि भए पाठकविरुद्ध घुसबापतको जरिवाना र ६ देखि ८ वर्षसम्म कैद हुनेछ। यसैगरी पदमा बहाल रहेको अवस्थामा भ्रष्टाचार गरेको कसुरमा पाठकविरुद्ध दफा २४ अनुसार थप ३ वर्ष कैद सजाय माग दाबी गरिएको छ।
पाठकलाई ७८ लाख घुस दिने कलेजका सञ्चालक लम्बोदर न्यौपानेविरुद्ध पनि आयोगले घुसबापतको बिगो र ८ वर्ष कैद सजाय मागसहित मुद्दा दायर गरेको छ। घुस लिएको अडियो सार्वजनिक भएपछि गएको फागुन ३ गते पाठकले पदबाट राजीनामा दिएका थिए।

पाठकमाथि आयोगले छानबिन थालेपछि न्यौपाने फरार भएका छन्। फरार भए पनि आयोगले पाठक र न्यौपाने दुवैजनालाई विपक्षी बनाएर मुद्दा दायर गरेको छ। घुस प्रकरणमा जोडिएका अन्य व्यक्तिलाई भने आयोगले उन्मुक्ति दिएको छ। प्रवक्ता कोइरालाले घुस प्रकरणमा पूर्वआयुक्त पाठक र कलेजका सञ्चालक न्यौपानेमाथि मात्रै मुद्दा दायर गरिएको बताए। ‘अनुसन्धान अधिकृत र आयोगको निर्णयबामेजिम घुस दिने र लिनेमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको हो,’ प्रवक्ता कोइरालाले भने, ‘यससँग जोडिएका अन्य व्यक्तिको अनुसन्धानबारे मलाई नसोध्नुहोला।’ घुस प्रकरणमा आयोगले एकदर्जन व्यक्तिमाथि अनुसन्धान गरेको थियो।






यसमा तपाईको मत

अन्य समाचार

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

यसै खुशियालीमा कम्पनीले लिमिटेड ईडिसन एफसी बार्सिलोना रेनो १०एक्स जुम सिरिजपनि बार्सिलोनामा सार्वजनिक गरेको छ। ...

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रा. लि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स को (नेपाल) र...

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad