१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मंगलाबार घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका सात वर्षीय हरिश धामी रहेको छ।

विद्यालय जाने क्रममा से१त ५०८७ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए। ट्र्याक्टर चालक ३८ वर्षीय आनसिंह धामी मृतक बालकका ठूलोबुबा रहेको उनले बताए। 

ट्र्याक्टर आउँदै गर्दा बालक अगाडि परेपछि ठक्कर लागेको बुझिएको छ ट्र्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक बालकको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल भीमदत्तनगरमा राखिएको छ।    (रासस)

 

प्रकाशित: १२ चैत्र २०७५ १०:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App