१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

खोटाङ – माटोको ढिस्कोले पुरिएर साकेला गाउँपालिका–४ मात्तिम हुपापुकी ३५ वर्षीया तारा खड्काको मृत्यु भएको छ। घर पोत्ने रातो माटो लिन डेढ घण्टा टाढा पर्ने साकेला–५ मात्तिमस्थित कामीसरा पुगेकी खड्काको ढिस्कोले पुरिएर सोमबार घट्नास्थलमै मृत्यु भएको हो।

खड्कालाई माटोले पुरिएलगत्तै आफन्तले बाहिर निकाले पनि उनको मृत्यु भइसकेको थियो। गाउँघरमा घर पोत्नका लागि रातो र सेतो माटो खनेर संकलन गर्ने प्रचलन छ। विशेषगरी दसैं–तिहारका बेला माटो खन्ने प्रचलन भए पनि यो दुर्घटना बेमौसममा भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए।

प्रकाशित: १२ चैत्र २०७५ ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App