१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आइपीएल : पन्जाबद्वारा राजस्थान पराजित

काठमाडौं -  किङ्स इलाभेन पन्जाबले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा राजस्थान रोयल्सलाई १४ रनले पराजित गर्दै पन्जाबले विजयी सुरुवात गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले २० ओभरमा चार विकेट गुमाउँदै १८४ रन बनाएको थियो । पञ्जावका लागि क्रिश गेलले ४७ बलमा चाठ चौका र चार छक्का हान्दै ७९ रन बनाए । सर्फराज खानले पनि अविजित ४६ रन बनाए भने मायांक अग्रवालले २२ रन बनाए ।

१८५ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा नौ विकेट गुमाउँदे १७० रनमै समेटियो । राजस्थानका लागि जोस बट्लरले १० चौका र दुई छक्का प्रहार गर्दै ४३ बलमा ६९ रन जोडे । अजिन्क्या रहाणेले २७, सन्जु स्यामसनले ३० र स्टेभेन स्मिथले २० रन जोडे । राजस्थानका अन्य खेलाडी राम्रो प्रदर्शन गर्न सकेनन ।

राजस्थानलाई पराजित गर्ने क्रममा पञ्जाबका स्याम कुरान र मुजिब उर रहमानले दुई–दुई विकेट लिए । बलिङतर्फ राजस्थानका बेन स्टोक्सले दुई  विकेट लिएका थिए ।

प्रकाशित: १२ चैत्र २०७५ ०२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App